Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बढ्यो आर्थिक अपराध : सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा


काठमाडौँ। पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुुर पहिलो नम्बरमा रहेको बताएका छन् । बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैकिङ कसुरका दर्ता भएको जानकारी दिएका छन् । गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उहाँकाअनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको बताए। चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।

औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनकाअनुसार यी १० प्रकारका मूख्य संख्याका अपराधहरुले जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।

उहाँले भन्नुभयो, ‘१० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दा हामीले हेर्यौं भने बैकिङ कसुरका मुद्दाहरु सबैभन्दा टपमा छन् । ६ हजार ५५३ वटा केसहरु बैकिङ कसुरका छन् । त्यसपछि हामीले अभद्र व्यवहारका मुद्धा १ हजार ९५३ छ । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्ती करणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेका छन् । औषतमा हेर्ने हो भने १२ हजार ९ सय १५ वटा केसलाई हामीले ३ सय ६५ दिनमा विभाजन गर्यौं भने यो चाँही ३५ वटा प्रतिदिन मुद्दा दर्ता भएको देखिन्छ । यी १० प्रकारका मुख्य संख्याका अपराधहरु हुन् । यीनीहरुले चाँही जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसमा पनि सबैभन्दा ठूलो भोल्युम चाहीँ बैकिङ कसुरमा रहेको छ ।’

यस्तै उनले काठमाडौ जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिएका छन् । काठमाडौं जल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उनले बताए ।

उनले भने, ‘काठमाडौं जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ हो । ४ हजार १६ मा अहिले हामी ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत छौँ । यसरी हेर्दाखेरी आज हामीसगै ८ सय १५ जना दरबन्दी भएको व्यक्तिहरुको कमी छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यन्वयन तर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ । यस्तै ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यलयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?