Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बढ्यो आर्थिक अपराध : सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा


काठमाडौँ। पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुुर पहिलो नम्बरमा रहेको बताएका छन् । बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैकिङ कसुरका दर्ता भएको जानकारी दिएका छन् । गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उहाँकाअनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको बताए। चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।

औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनकाअनुसार यी १० प्रकारका मूख्य संख्याका अपराधहरुले जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।

उहाँले भन्नुभयो, ‘१० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दा हामीले हेर्यौं भने बैकिङ कसुरका मुद्दाहरु सबैभन्दा टपमा छन् । ६ हजार ५५३ वटा केसहरु बैकिङ कसुरका छन् । त्यसपछि हामीले अभद्र व्यवहारका मुद्धा १ हजार ९५३ छ । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्ती करणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेका छन् । औषतमा हेर्ने हो भने १२ हजार ९ सय १५ वटा केसलाई हामीले ३ सय ६५ दिनमा विभाजन गर्यौं भने यो चाँही ३५ वटा प्रतिदिन मुद्दा दर्ता भएको देखिन्छ । यी १० प्रकारका मुख्य संख्याका अपराधहरु हुन् । यीनीहरुले चाँही जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसमा पनि सबैभन्दा ठूलो भोल्युम चाहीँ बैकिङ कसुरमा रहेको छ ।’

यस्तै उनले काठमाडौ जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिएका छन् । काठमाडौं जल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उनले बताए ।

उनले भने, ‘काठमाडौं जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ हो । ४ हजार १६ मा अहिले हामी ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत छौँ । यसरी हेर्दाखेरी आज हामीसगै ८ सय १५ जना दरबन्दी भएको व्यक्तिहरुको कमी छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यन्वयन तर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ । यस्तै ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यलयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?