Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौँ । मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलासमा परेको छ र हाल उनीहरूको बयान लिइँदै छ। उनीहरु पटके कसुरदार (यसअघि पनि यस्तै प्रकृतिका अपराधमा संलग्न) भएकाले कानूनी कारबाही अघि बढाइएको हो।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त अपरेशनमार्फत चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको थियो। अनुसन्धानपछि २८ जनालाई रिहा गरिएको थियो भने बाँकी १९ जनाविरुद्ध औपचारिक मुद्दा दर्ता गरिएको हो।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?