Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौँ । मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलासमा परेको छ र हाल उनीहरूको बयान लिइँदै छ। उनीहरु पटके कसुरदार (यसअघि पनि यस्तै प्रकृतिका अपराधमा संलग्न) भएकाले कानूनी कारबाही अघि बढाइएको हो।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त अपरेशनमार्फत चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको थियो। अनुसन्धानपछि २८ जनालाई रिहा गरिएको थियो भने बाँकी १९ जनाविरुद्ध औपचारिक मुद्दा दर्ता गरिएको हो।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?