काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लवलाई २–१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा आर्मीमाथि रोमाञ्चक जित निकाल्दै एपिएफले जारी लिगमा पहिलो सफलता आत्मसात गरेको हो । एपिएफको जितमा सविता रानामगर र
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताएका छन् । शुक्रवार महासंघको कार्यालयमा पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई महासंघको तर्फबाट सम्मान गर्दै गोवद्र्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई
काठमाडौं । सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवद्र्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने
काठमाडौं । कोशी प्रदेशले जारी एन्फा महिला फुटबल लिगमा लगातार दोस्रो जित निकाल्दा वागमती युथ क्लवले पहिलो हार सामना गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा कोशीले बिहीवार वागमती युथमाथि २–१ को जितँगै सुखद् नतिजा जारी राखेको हो । दोस्रो खेलमा ज्याकलिन नसालीको ह्याट्रिकमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशमाथि ४–० को
काठमाडौं । नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् । अब
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्नुभएको छ । बुधवार राष्ट्रपति भवन शितल निवासमा बोलाएर पौडेलले विजेता गोवद्र्धनलाई सम्मान गर्नुभएको हो । पलेशालाई राष्ट्रपति पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि
काठमाडौं । विमला चौधरीको प्रेरणामा विभागीय टोली त्रिभूवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा सुखद् शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले लिगमा डेब्यु गरेको संकटा फुटबल क्लवमाथि ४–० जित निकालेको हो । अधिकांश काठमाडौंमा फुटबल खेल्ने खेलाडी सम्मिलित बनेको संकटाविरुद्ध विभागीय टोली आर्मी पूर्ण हाबी
काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक
काठमाडाैं । वागमती युथ क्लवले सोमवार सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्दै एन्फा महिला फुटबल लिगमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा भएको खेलमा वागमती युथले सुदूरपश्चिममाथि ५–१ को जित निकाल्दै लिगमा सुखद् शुरुवात गरेको हो । वागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गरिन् ।
काठमाडौं ।कोशी प्रदेशले आईतवार वालिङ नगरपालिकामाथि फराकिलो जित निकाल्दै एन्फा महिला फुटबल लिगमा सुखद् शुरुवात गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको उद्घाटनमा खेलमा कोशीले वालिङमाथि ४–० गोलअन्तरको जित निकाल्दै लिगमा सुखद् शुरुवात गरेको हो । कोशीको जितमा समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र