Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

नेपाल एमेच्योर ओपन गल्फ हुने


काठमाडौँ। दक्षिण एशियाका पाँच राष्ट्रका खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मंगलवारदेखि शुरु हुने भएको छ ।

आगामी मंगलवारदेखि गोकर्ण गल्फ कोर्समा नेपाल एमेच्योर ओपन च्याम्पियनसिपको ११ औं संस्करण हुन लागेको हो । नेपाल गल्फ संघको आयोजनामा हुने प्रतियोगिता स्टोक प्ले फरम्याटमा हुँदैछ । शुक्रवार संघले पत्रकार सम्मेलनमार्पत प्रतियोगिताबारे जानकारी दिएको हो । पार ७२ को गोकर्ण गल्फ क्लबमा तीन दिनसम्म कुल ५४ होलमा प्रतिष्पर्धामा हुनेछ । नेपालसहित बंगलादेश, श्रीलंका, भूटान र भारतका गरी कुल पाँच राष्ट्रका खेलाडी पुरुषमा व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रका समान दुई खेलाडी चयन गरिएको छ ।

कुल ३६ होलको समाप्तीमा संयुक्त स्कोरका आधारमा विजेता तय गरिने संघका महासचिव तथा प्रतियोगिताका टेक्निकल डाइरेक्टर दीपक आचार्यले जानकारी दिए । आयोजक राष्ट्र नेपालले दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागू गरिनेछ । सहभागि खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि प्रतिस्पर्धा गर्नेछ । महिलामा नेपाल र भारतका खेलाडीले मात्र चुनौती प्रश्तुत गर्नेछन् । संघले श्रीलंकाका महिला खेलाडी अन्य प्रतियोगितामा व्यस्त भएको उल्लेख गर्दै भूटान र बङ्लादेशमा महिला गल्फ खेलाडी धेरै राम्रो नरहेको जनाएको छ । यस प्रतियोगितामा कुल ४५ पुरुष र १० महिला गल्फरले प्रतिष्पर्धा गर्नेछन् ।

यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ याङकिङद्वारा मान्यता पाएको संघले जनाएको छ । पुरुष तथा महिला खेलाडीहरूले पनि याङकिङ अंक प्राप्त गर्नेछन् । तर त्यसका लागि ९ ओभरभन्दा कम स्कोर हुनुपर्नेछ भने यस प्रतियोगिताले नेपालको साथै दक्षिण एशियामा युवा विकास र एमेच्योर गल्फको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिने संघले जनाएको छ । एमेच्योरमा नेपाल नम्बर एक गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले नेपाल ‘ए’ बाट चुनौती प्रश्तुत गर्नेछन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?