Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

गणेशमान सिंह रोड रेस असार १४ गते हुने


काठमाडौँ। पाँचौं वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ ।

गणेशमान सिंह फाउण्डेसनअन्तर्गत गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा काठमाडौंमा १० किलोमिटरको रोड रेस हुन लागेको हो । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोट्र्स कमिटीले सन् २०१४ देखि रोड रेस हुँदै आएको छ ।

गणेशमान सिंह स्पोट्र्स कमिटीले मंगलवार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसको बारे जानकारी दिएको हो । रोड रेस शेर्पा मल दरवारमार्गबाट सुरु हुने भएको छ । त्यसपछि भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरवारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ । पाँचौं वीर गणेशमान सिंह रोड रेस १० किलोमिटर महिला र पुरुषतर्फ खुला रूपमा प्रतिष्पर्धा हुने भएको छ ।

महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले पाँच पाँच हजार नगद पुरस्कार पाउनेछन् ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने गणेशमान सिंह स्पोट्र्स कमिटीका संयोजक सञ्जीव तुलाधरले बताए ।

यस दौडमा कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीले थप नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रोड रेसमा करिव चार सय ५० जनाले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । महिलामा राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेण्ड र पुरुषमा गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड रहेको छ ।

आयोजकले यस प्रतियोगिता आयोजना गर्न १५ लाख खर्च हुने अनुमान गरिएको छ । यस प्रतियोगिताको संयोजकमा वीर गणेशमान सिंह फाउण्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंह र व्ययवस्थापनमा राजन खत्री छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?