Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन


काठमाडौँ। सन् १९६४ देखि २०२४ सम्म नेपालको ओलम्पिक सहभागितालाई समेटिएको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक बुधवार एक कार्यक्रमका बीच विमोचन भएको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन वैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, विष्णुबहादुर सिंहलगायत कुल १५ जनाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । उक्त पुस्तकमा पारालिम्पिक, समर तथा ग्रीष्मकालीन ओलम्पिक र युथ ओलम्पिकमा नेपाली खेलाडीको सहभागिताबारे उल्लेख छ । खेलाडीहरूको संक्षिप्त जानकारी तथा उपलब्धि उक्त पुस्तकमा समावेश रहेको राखेप प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए ।

पेरिस ओलम्पिकलाई केन्द्र बनाएर उक्त पुस्तक प्रकाशित गरिएको छ । हालसम्म सहभागी खेलाडीको विवरण पुस्तकमा समेटिएको छ । राखेपका सदस्यसचिव घिसिङले नेपाली खेलकुदको इतिहासलाई जीवन्त राख्न यो पुस्तकले सहयोग पुर्याउने बताए । चार पटकसम्म भाग लिएका ओलम्पियन वैकुण्ठ मानन्धरले खेलाडीहरूलाई सबै नागरिकसम्म पुर्याउने काम पुस्तकले गर्ने आशा व्यक्त गरे । अर्का ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले पुस्तक परिषद्को महत्वपूर्ण सम्पती भएको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा नेपाल, एशियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा वार्षिक दर्पणसहित पछिल्लो तीन वर्षमा पाँच वटा पुस्तक प्रकाशन गरी सकेको प्रचार शाखाका प्रमुख दाहलले जानकारी दिए ।

उक्त कार्यक्रममा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई उत्प्रेरणा गर्नुका साथै खेल सामाग्रीसमेत वितरण गरिएको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?