Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सूर्य नेपाल च्यालेन्जः दोस्रो दिन शुक्रलाई एकल अग्रता


काठमाडौँ। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा रहेका छन् ।

समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन् । आज शुक्रले १–ओभर ६९ को स्कोर गरे। समग्रमा ५–अन्डर १ सय ३१ को स्कोरमा दिनेश प्रजापति दोस्रो स्थानमा उक्लिएका छन्। आज उनले १–अन्डर ६७ को कार्ड बनाए । भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवन कुमार रोक्का समग्रमा ३–अन्डर १ सय ३३ को स्कोरमा तेस्रो स्थानमा छन्। रामेले १–अन्डर ६७ को स्कोर दर्ज गरे । भुवनले खराब प्रदर्शन गर्दै ४–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । समग्रमा १–अन्डर १ सय ३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे । सञ्जयले २–अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन–पार ६८ को स्कोर बनाए ।

यस्तै समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा तोरणविक्रम शाही, वसन्तराज गुरूङ र साबिक विजेता रवि खड्का संयुक्तरुपमा आठौं स्थानमा रहे । तोरणले आज १–अन्डर ६७ स्कोर गर्दा वसन्तले इभन–पार ६८ र रविले २–ओभर ७० स्कोर गरे । पहिलो दिन ७–अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन्। पहिलो होलको बर्डीका विरूद्ध नवौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि १३ औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे। ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे ।

दिनेशले तेस्रो होलमा एक सट खेर फाले। छैटौं होलको बर्डीले फ्रन्ट नाइन इभन–पार ३४ खेले। यसपछि १०औं र १३ औं होलमा बर्डी प्रहार गरे। अन्तिम होलको बोगीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।

रामे मगरले नवौं होलको बोगीले फ्रन्ट नाइनमा १–ओभर ३५ को स्कोर गरे। १०औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइनमा २–अन्डर ३२ को नतिजा निकाले ।
पहिलो दिनका लिडर भुवनले खराब प्रदर्शन गर्दा तेस्रो स्थानमा तल झरे। उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–ओभर ३६ मा पूरा गरे। उनले छैटौं नबौं, १४ औं र १८औं होलमा बोगी प्रहार गरे ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले आज १–ओभर ६९ को स्कोर जोड्दै निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्। निश्चयले आज १–ओभर ६९ स्कोर गर्दे समग्रमा २–ओभर १ सय ३८ स्कोर बनाएका छन् । ३६ होलको समाप्तीमा ९–ओभर १ सय ४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन्। प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धनबहादुर थापा, सुनिल केसी, टंकबहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन् । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शिर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?