Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

टि ट्वान्टी ग्लोवल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल


काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टि ट्वान्टी ग्लोवल छनोटबाट नेपालले सफलता पाउनसक्ने विश्वास व्यक्त गरेका छन् ।

थाइल्याण्डमा सम्पन्न आइसिसी महिला टि ट्वान्टी विश्वकप एशिया छनोटको शिर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले सोमवार विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो । बुधवार साँझ स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक कटुवालले ग्लोवल छनोटमा शिर्ष चार टोली बन्दै विश्वकपमा यात्रा गर्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिएका हुन् । ग्लोवल छनोटमा पूर्ण सदस्य राष्ट्र बङ्गलादेश र स्कटल्याण्डसहित एशिया, युरोप र अफ्रिकाबाट समान दुई, इस्ट एशिया र अमेरिकाबाट समान एक गरी कुल १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिष्पर्धा गर्नेछन् । यहाँबाट चार राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछन् ।

यद्यपि हालसम्म उक्त छनोटको मिति भने तोकिएको छैन । नेपालका प्रशिक्षक कटुवालले उक्त छनोट प्रतियोगिताका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै राम्रो तयारी गर्दै खेल्ने हो भने आफ्नो टोलीमा क्षमता रहेको धारणा राखे । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप छनोटको तयारी गर्न निश्चित योजना ल्याउन भनिसकेको प्रशिक्षक कटुवालले उल्लेख गरे । बलिया राष्ट्रसँग नियमित श्रृंखला खेल्दै राम्रो योजना बनाएर तयारी गर्नसके विश्वकपको अन्तिम छनोट आफ्नो टोलीले पार गर्ने उनको विश्वास छ । पछिल्ला समय लगातार अनुभवी टोलीसँग अभ्यास खेलिरहँदा तयारी पनि राम्रो भएकाले यो सफलता पाएको उनी बताउँछन् ।

प्रशिक्षक कटुवालले नेपाली टोलीमा ससाना गरी धेरै परिवर्तन आएको र खेलाडी पनि पूर्णरूपमा व्यावसायिक खेलाडी बनिरहेकाले यो टोलीबाट धेरै आशा गर्नसक्ने उल्लेख गरे । नेपालकी कप्तान इन्दु बर्माले पनि थाइल्याण्डको छनोटकै लागि भैरहवा र दिल्लीमा क्याम्पले धेरै मद्दत मिलेको बताइन् । झन्डै दुई दशकदेखि नेपाली महिला क्रिकेट टोली ठूलो सफलताको खोजीमा रहेको उनले उल्लेख गर्दै यसपल्ट सफलता मिलेको बताइन् । पूर्वकप्तान रुविना क्षेत्रीले लगातार क्रिकेट समर्थकको आलोचनाले पनि अझै राम्रो गर्नपर्छ भन्ने आफूहरूलाई थप प्रोत्साहन मिलेको धारणा राखिन् । नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले स्वागत गरेका थिए ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?