Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शीर उचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेका छन् ।

एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को दोस्रो खेल खेल्न जाने नेपाली टोलीको बिदाईका अवसरमा सम्पूर्ण देशवाशीको भरोसाअनुरूप उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएका हुन् । नेपालले छनोटको दोस्रो खेलमा आगामी जुन १० मा लाओसविरुद्ध खेल्दैछ । सोही खेलको तयारी स्वरूप नेपाली टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिकामा छ । उक्त खेलका लागि आयोजना भएको बिदाइ कार्यक्रममा मन्त्री चौधरीले नेपाली खेलाडीलाई दिने सेवासुविधा बढ्दै गएको दाबी पनि गरे । यसपल्ट आएको खेलकुद बजेट पनि वृद्धि हुनु सुखद् पक्ष रहेको उनको भनाइ छ । मन्त्री चौधरीले रंगशाला निर्माणमा बजेट पनि छुट्याइएको बताए ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र एन्फाका महासचिव किरण राईले नेपाली फुटबल टोलीलाई बिदाइ गरेका छन् । सो अवसरमा राईले अहिले फरक ढंगले नेपाली फुटबलको विकास भइरहेको दाबी गरे । नेपाली खेलाडीको काँधमा गम्भीर जिम्मेवारी पनि रहेको उनले औंल्याएका छन् । राष्ट्रिय टोलीले पनि सकरात्मक नतिजा दिइरहे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै इख राखेर खेल्न एन्फा महासचिव राईले सुझाव दिएका छन् ।

नेपाली राष्ट्रिय टोली मंगलवार हङकङ जाने कार्यक्रम छ । मुख्य प्रशिक्षक म्याट रसले यसअघि नै गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन् । मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले आगामी बिहीबार हङकङसँग मेत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जेठ २७ गते छनोटमा लाओसको सामना गर्नेछ । किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपरहरू दीप कार्की र विशाल सुनार, रोहित चन्द, जिलेस्पीजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमीत श्रेष्ठ छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?