Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शीर उचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेका छन् ।

एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को दोस्रो खेल खेल्न जाने नेपाली टोलीको बिदाईका अवसरमा सम्पूर्ण देशवाशीको भरोसाअनुरूप उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएका हुन् । नेपालले छनोटको दोस्रो खेलमा आगामी जुन १० मा लाओसविरुद्ध खेल्दैछ । सोही खेलको तयारी स्वरूप नेपाली टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिकामा छ । उक्त खेलका लागि आयोजना भएको बिदाइ कार्यक्रममा मन्त्री चौधरीले नेपाली खेलाडीलाई दिने सेवासुविधा बढ्दै गएको दाबी पनि गरे । यसपल्ट आएको खेलकुद बजेट पनि वृद्धि हुनु सुखद् पक्ष रहेको उनको भनाइ छ । मन्त्री चौधरीले रंगशाला निर्माणमा बजेट पनि छुट्याइएको बताए ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र एन्फाका महासचिव किरण राईले नेपाली फुटबल टोलीलाई बिदाइ गरेका छन् । सो अवसरमा राईले अहिले फरक ढंगले नेपाली फुटबलको विकास भइरहेको दाबी गरे । नेपाली खेलाडीको काँधमा गम्भीर जिम्मेवारी पनि रहेको उनले औंल्याएका छन् । राष्ट्रिय टोलीले पनि सकरात्मक नतिजा दिइरहे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै इख राखेर खेल्न एन्फा महासचिव राईले सुझाव दिएका छन् ।

नेपाली राष्ट्रिय टोली मंगलवार हङकङ जाने कार्यक्रम छ । मुख्य प्रशिक्षक म्याट रसले यसअघि नै गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन् । मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले आगामी बिहीबार हङकङसँग मेत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जेठ २७ गते छनोटमा लाओसको सामना गर्नेछ । किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपरहरू दीप कार्की र विशाल सुनार, रोहित चन्द, जिलेस्पीजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमीत श्रेष्ठ छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?