Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

वागमती प्रदेशस्तरीय मेयर कप कराँते हुने


काठमाडौँ। वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते अर्को सातादेखि शुरू हुने भएको छ ।

सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा आगामी जेठ ९ र १० गते वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको खेलहरू जगातीस्थित शेराटन ब्याङ्केट सूर्यविनायक नगरपालिका–९ मा नै हुने भएको छ । यस प्रतियोगितामा १० स्थानीय तहका टोली भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

कुमुतेतर्फ पुरुषमा सात र महिलामा ६ तौल समूहमा प्रतिष्पर्धा हुनेछ । महिला कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा सात वटा छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । पुरुष कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र कातामा गरी आठ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुनेछ ।
कराँते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मवल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्दै यो प्रतियोगिता आयोजना गरेको आयोजकको भनाइ छ ।
भक्तपुर जिल्लाको सितोरियो कराँतेले विगतमा अन्तर्राष्ट्रिय गौरव प्राप्त गरिसकेको इतिहास पनि यस अवसरमा स्मरणीय छ । आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा अनजु हाछेथु र बिना सुवालले स्वर्ण पदक जितेर देश र जिल्लाको नाम उच्च भयो । दशौं सागमा रामशरण त्वाटी र सुलोचना सिजाख्खाले पनि स्वर्ण पदक प्राप्त गरेका थिए । १३ औं सागमा त मन्दे काजी श्रेष्ठले दोहोरो स्वर्ण पदकको ऐतिहासिक सफलता दिलाएका थिए ।
हरेक तौल समूहका शिर्ष तीन खेलाडीले स्वर्ण, रजत र कांस्य पदक पाउनेछन् । समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष सम्मान स्वरूप ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको संयोजक रामशरण त्वातीले जानकारी दिए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?