Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

वागमती प्रदेशस्तरीय मेयर कप कराँते हुने


काठमाडौँ। वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते अर्को सातादेखि शुरू हुने भएको छ ।

सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा आगामी जेठ ९ र १० गते वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको खेलहरू जगातीस्थित शेराटन ब्याङ्केट सूर्यविनायक नगरपालिका–९ मा नै हुने भएको छ । यस प्रतियोगितामा १० स्थानीय तहका टोली भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

कुमुतेतर्फ पुरुषमा सात र महिलामा ६ तौल समूहमा प्रतिष्पर्धा हुनेछ । महिला कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा सात वटा छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । पुरुष कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र कातामा गरी आठ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुनेछ ।
कराँते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मवल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्दै यो प्रतियोगिता आयोजना गरेको आयोजकको भनाइ छ ।
भक्तपुर जिल्लाको सितोरियो कराँतेले विगतमा अन्तर्राष्ट्रिय गौरव प्राप्त गरिसकेको इतिहास पनि यस अवसरमा स्मरणीय छ । आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा अनजु हाछेथु र बिना सुवालले स्वर्ण पदक जितेर देश र जिल्लाको नाम उच्च भयो । दशौं सागमा रामशरण त्वाटी र सुलोचना सिजाख्खाले पनि स्वर्ण पदक प्राप्त गरेका थिए । १३ औं सागमा त मन्दे काजी श्रेष्ठले दोहोरो स्वर्ण पदकको ऐतिहासिक सफलता दिलाएका थिए ।
हरेक तौल समूहका शिर्ष तीन खेलाडीले स्वर्ण, रजत र कांस्य पदक पाउनेछन् । समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष सम्मान स्वरूप ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको संयोजक रामशरण त्वातीले जानकारी दिए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?