Trending
>>   चन्द्रागिरिका मेयर गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता >>   हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिबद्धता >>   विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना >>   नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण >>   जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य >>   टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो >>   टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु >>   अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध >>   मंगोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो >>   मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु
Logo
१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

खेलकुद


नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

१९ वैशाख, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेकी छन् । उनले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई, पुरस्कृत गर्ने प्रतिबद्धता

१९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । उनले एक ट्विट गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारकोतर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन बमोजिम माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरूलाई हौसला

युएईमाथि नेपालको सानदार जित, इतिहासमै पहिलो पटक एसिया कपमा छनाैट

१९ वैशाख, काठमाडाैँ । नेपाल एसिया कपमा छनाैट भएको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै इतिहासमै पहिलो पटक एसिया कपमा छनाैट भएको हो । नेपालको जितमा गुल्सन झा र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुल्सनले ८४ बलमा ६७ रन बनाउँदा भीम सार्कीले ७२ बलमा

नेपाललाई एसिया कपमा स्थान बनाउन युएईले दियो ११८ रनको लक्ष्य

१९ वैशाख, काठमाडाैँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुन: सुरु भएको हो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले

नेपाल र युएईबिचको फाइनल खेल स्थगित, मंगलबार आजकै स्थितिबाट सुरू हुने

१८ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबिचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल नहुने भएपछि आजका लागि खेल स्थगित गरिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले कमजोर प्रदर्शन गर्दै २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको

नेपाल र यूएईको खेल वर्षाले प्रभावित, नेपालको सानदार बलिङ

१८ वैशाख, काठमाडाैँ । एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो । खेल रोकिनुअघि

युएईविरूद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, ५६ रन बनाउँदा युएईले गुमायो ५ विकेट

१८ वैशाख, काडमाडाैँ । एसीसी प्रिमियर कपको फाइनलमा आज (सोमबार) नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला युएईलाई ब्याटिङ गर्ने निम्तो दिएका छन् । एसिया कपमा छनोट हुन नेपालका लागि आजको

राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

१८ वैशाख ,कर्णाली । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनले सात दिनसम्म बन्द शिक्षणमा खेलाडीलाई राखेपछि अपेक्षाअनुरुपको सफलता हासिल भएको बताए

पोखरा स्पोर्टस् अवार्ड : मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

१७ वैशाख ,कास्की । सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो अवार्ड प्रदान गरिने जनाएको छ । अवार्डका लागि गठन गरिएको प्रतिभा छनोट उपसमितिले गरेको

खेल रद्द भएसँगै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि युएईसँग भिड्ने

१६ वैशाख, काठमाडाैँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको कुवेत र नेपालबीचको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रुपमा फाइनलमा स्थान

सम्वन्धित समाचारहरु