Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नेपाल पहिलोपटक विश्व साइक्लिङमा


१८ ,श्रावण ,काठमाडौँ । नेपाली खेलाडीले पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी जनाउने भएका छन् ।

अगष्ट ३ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा १ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।नेपालका लागि पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने छन् ।

दुवै खेलाडीले चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागिता जनाउनेछन् ।उषाले १३ औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् । नेपाली टोलीको व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन् ।

टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्ने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?