काठमाडौँ। संसदीय सुनुवाई समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरिएका राजदूतका नाम अस्वीकृत गरेको छ ।
समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेल र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ ।
असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार