Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

फिफा महिला विश्वकप : स्विडेन र दक्षिण अफ्रिका नकआउट चरणमा, अर्जेन्टिना घर फर्कियो


१७ श्रावण, एजेन्सी । स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।

स्विडेनको जितमा रेबिका ब्लोमक्विस्टले ६६औं र एलिन रुबेनसनले ९०ओं मिनेटमा गोल गरिन् । जितसँगै तीन खेलबाट नौ अङ्क बनाएको स्विडेन समूह विजेता बन्यो । समान खेलबाट एक अङ्क बनाएको अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ ।

यस्तै अर्को खेलमा दक्षिण अफ्रिकालाई जिताउन हिल्दाह मागाए र थेम्वी केगाटालनाले एक एक गोल गरे । दक्षिण अफ्रिकादे अर्को गोल इटालीबाट आत्मघाती उपहार पाएको थियो ।

इटालीका लागि दुवै गोल एरिएना करुसोले गरिन् । जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह उपविजेता बन्यो । पराजित इटाली तीन अङ्क जोड्दै विश्वकपबाट बाहिरियो ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?