Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

फिफा महिला विश्वकप : स्विडेन र दक्षिण अफ्रिका नकआउट चरणमा, अर्जेन्टिना घर फर्कियो


१७ श्रावण, एजेन्सी । स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।

स्विडेनको जितमा रेबिका ब्लोमक्विस्टले ६६औं र एलिन रुबेनसनले ९०ओं मिनेटमा गोल गरिन् । जितसँगै तीन खेलबाट नौ अङ्क बनाएको स्विडेन समूह विजेता बन्यो । समान खेलबाट एक अङ्क बनाएको अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ ।

यस्तै अर्को खेलमा दक्षिण अफ्रिकालाई जिताउन हिल्दाह मागाए र थेम्वी केगाटालनाले एक एक गोल गरे । दक्षिण अफ्रिकादे अर्को गोल इटालीबाट आत्मघाती उपहार पाएको थियो ।

इटालीका लागि दुवै गोल एरिएना करुसोले गरिन् । जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह उपविजेता बन्यो । पराजित इटाली तीन अङ्क जोड्दै विश्वकपबाट बाहिरियो ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?