Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु


हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु

काठमाडौँ। नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् ।

बुधवारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा शुरु गरिएको छ । बुधवार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुभारम्भ गरेका हुन् । मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड समेत लिएका छन् । सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा समेत जोड दिएका छन् । उनले हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने गरी हुलाकको क्षमाता विस्तार गरिने समेत बताएका छन् ।

उनले भने, ‘हुलाकको आफ्नै स्ट्रेन्थ पनि छ, लिमिटेसन पनि छ । आफ्नो स्ट्रेन्थको अधिकतम उपयोग गरेर तपाईहरुले प्लान गर्नुभएको समयभन्दा अगाडि पुर्याउन कोशिस गर्नुहोला । हामीले विस्तारै हुलाक सेवालाई थप प्रभावकारी पनि बनाउँदैछौँ । हुलाको क्षमाता विस्तार पनि गर्दैछौँ । भोलिको दिनमा एक दुई दिनमा नभई केही घण्टाभित्रै डेलिभरी गर्नसक्ने गरी यसको क्यापासिटी बिल्ड गर्नुपर्छ । शहरी क्षेत्रमा अझै छिटो गर्न सकिन्छ । सिम डेलिभरीको अभ्यासलाई पनि हेरेर सिम डेलिभरीमा कति समय लागिरहेको छ, यसबाट सेवाग्राही खुसि हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेरेर केही कुरा सुधार पनि गर्नुपर्छ होला । तर अहिलेको लागि यो एकदमै ठिक छ । दुवै संस्थालाई यसको सुरुवात गरेकोमा धन्यावाद समेत ज्ञापन गर्न चाहान्छु । यसबाट नेपाल टेलिकमले समेत सेवाग्राही खुसिको लाभ लिन सकोस् । र हुलाकलाई पनि केही प्रभावकारी बनाओस् । हामीले राज्यका सबै निकायलाई प्रभावकारी बनाउँदै लैजाने हो । नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने कुरामा हामी सबै लाग्नुपर्छ ।’

सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यबाट टेलिकमको सेवा नागरिकको पहुँचमा पुर्याउन सहज हुने उनको विश्वास छ ।


प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?