Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

२ पटकको विश्व विजेता जर्मनी विश्वकप फुटबलको समूह चरणबाटै घर फिर्ता


१९ श्रावण, एजेन्सी । मोरोक्को फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै मोरोक्को नकआउट चरणमा प्रवेश गरेको हो ।

मोरोक्कोको जितमा एनिसा लाहमरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । हारेपनि कोलम्बियाले समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

यस समूहबाट उपाधिको दाबेदार जर्मनी र दक्षिण कोरिया बाहिरिएका छन् । बिहीबार नै भएको खेलमा जर्मनी र दक्षिण कोरिया १–१ गोलको बराबरीमा रोकिए ।

दुई पटकको विश्वकप विजेता जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो । जर्मनीले सन् २००३ र २००७ को विश्वकप उपाधि जितेको थियो । जर्मनीले यसअघिका सबै संस्करणमा नकआउट चरणमा पुगेको थियो ।

यस समूहमा विजेता कोलम्बियाले तीन खेलबाट ६ अङ्क बनायो । उपविजेता मोरोक्कोले पनि समान खेलबाट ६ अङ्क जोड्यो । मोरोक्को गोल अन्तरका आधारमा पछि परेको हो । चार अङ्क बनाएको जर्मनी र एक अङ्क बनाएको दक्षिण कोरियाका लागि विश्वकप समूह चरणमै सीमित बन्यो ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?