Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग


१८ ,श्रावण ,काठमाडौँ । खेलाडीका लागि आपत्विपतमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत तीन खेलाडीलाई आज उपचार खर्च प्रदान गरेको छ ।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उपचाररत विभिन्न तीन खेलाडीलाई उपचार खर्च रकमको चेक आज हस्तान्तरण गरे ।

उपचार रकम प्राप्त गर्ने खेलाडीमा टेबल टेनिसकी सेलिशा खड्गी, टेबल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपचाररत छिन् ।

यसैगरी शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई रु एक लाखको चेक हस्तान्तरण गरियो ।

त्यस्तै स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई रु एक लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?