Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग


१८ ,श्रावण ,काठमाडौँ । खेलाडीका लागि आपत्विपतमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत तीन खेलाडीलाई आज उपचार खर्च प्रदान गरेको छ ।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उपचाररत विभिन्न तीन खेलाडीलाई उपचार खर्च रकमको चेक आज हस्तान्तरण गरे ।

उपचार रकम प्राप्त गर्ने खेलाडीमा टेबल टेनिसकी सेलिशा खड्गी, टेबल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपचाररत छिन् ।

यसैगरी शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई रु एक लाखको चेक हस्तान्तरण गरियो ।

त्यस्तै स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई रु एक लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?