Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

१० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन


१० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

काठमाडौँ। संसदीय सुनुवाई समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतका नाम अनुमोदन गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठकाअनुसार अनुमोदित नामहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर राणा, जर्मनीका लागि सरू जोशी रहेका छन् ।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा अनुमोदित हुनुभएको सभापति श्रेष्ठले बताएका छन् ।


प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?