Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


१८ श्रावण, काठमाडाैँ । श्रीलङ्कामा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता सकेर केही समय प्रशिक्षण गरी नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगितामा समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ लाई तीन विकेटले हराएको थियो । स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले नेपालले यसपटक राम्रो खेल्न नसकेपनि आगामी दिनमा सुधार हुने बताए ।

‘‘छिट्टै सोचेको जस्तो केहि परिवर्तन हुँदैन । एक महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैनन् । त्यसको लागि विस्तारै समय लाग्छ । जित्दा मात्तिनु र हार्दा आत्तिनु हुँदैन । हामी सबैले धैर्यता राख्न सक्नुपर्छ,’’ रोहितले भने ।

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपलाई एसिया कपको तयारीको रुपमा लिएको थियो । यस प्रतियोगितामा सिनियर राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका थिए ।

एसिया कप आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्ममा पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?