काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधवार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चाल्र्स ह्वाइटली रहेका छन् । इण्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदुतका रूपमा ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको उक्त समारोहमा नवनियुक्त राजदुतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार