Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास


१९ श्राणव, काठमाडाैँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

सन् २००५ मा यू–१५ नेपाली टोलीको सदस्य रहेका मल्लले सन् २००६ मा चार दिवसीय प्रतियोगितामा नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा ८८३ रन बनाएका छन्।

नेपाल क्रिकेट सङ्घ क्यानले २०७६ कात्तिक १३ गते राष्ट्रिय क्रिकेट टोलीमा मल्ललाई कप्तानको जिम्मेवारी दिइएको थियो। तत्कालीन कप्तान पारस खड्काले इमेलबाट क्यानलाई राजीनामा पठाएपछि मल्ल कप्तान बनेका थिए । उनले छोटो समय नेपाली टिमको कप्तानी गरेका थिए। राजेन्द्र मल्लको कप्तानी २०७८ मङ्सिर २९ गते खोसिएको थियो।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?