Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास


१९ श्राणव, काठमाडाैँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

सन् २००५ मा यू–१५ नेपाली टोलीको सदस्य रहेका मल्लले सन् २००६ मा चार दिवसीय प्रतियोगितामा नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा ८८३ रन बनाएका छन्।

नेपाल क्रिकेट सङ्घ क्यानले २०७६ कात्तिक १३ गते राष्ट्रिय क्रिकेट टोलीमा मल्ललाई कप्तानको जिम्मेवारी दिइएको थियो। तत्कालीन कप्तान पारस खड्काले इमेलबाट क्यानलाई राजीनामा पठाएपछि मल्ल कप्तान बनेका थिए । उनले छोटो समय नेपाली टिमको कप्तानी गरेका थिए। राजेन्द्र मल्लको कप्तानी २०७८ मङ्सिर २९ गते खोसिएको थियो।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?