Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास


२० ,श्रावण ,काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गरेका उनले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आफूले सन्न्यास लिएको घोषणा गरेका हुन् ।

उनले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताएका छन् । पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीमा आफूले शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय गरेको बताए ।

उनले क्रिकेट नखेले पनि आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको उल्लेख गरे । करिब १८ वर्षसम्म चन्द्रसूर्य अङ्कित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा मल्लले खुसी व्यक्त गर्दै आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिए ।

मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गर्दै उनले भने, “प्रकृतिको नियमअनुसार जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई ‘रिप्लेस’ गरेको थिएँ होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा बिराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुआत गर्ने निर्णय गरेको छु । इमान्दारीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँ सबैमाझ चिनाउन सफल भयो, मान प्रतिष्ठा दियो, सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन ।”

मल्लले विसं २०७६ कात्तिकदेखि कप्तानीको भूमिका निर्वाह गरेका थिए । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ मङ्सिर २९ मा कप्तानी पदबाट हटाएको थियो । कप्तानबाट हटेको करिब दुई वर्षसम्म उनले राष्ट्रिय टिमबाट खेले । पछिल्लोपटक सन् २०२३ को जुलाईमा जिम्बावेमा भएको आइसिसी एकिदवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल उहाँको खेल जीवनको अन्तिम खेल बन्यो ।

यसैगरी उनि सन् २००५ मा नेपालको यू–१५ टोलीमा छनोट भएका थिए । सोही वर्ष उनि नेपालको यू–१७ र यू–१९ टोलीमा समावेश भएका थिए । मल्लले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू–१५, यू–१७ र यू–१९)सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए ।

सिनियर राष्ट्रिय टिममा भने उहाँले सन् २००६ बाट डेब्यू गरेका हुन् । उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?