Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास


२० ,श्रावण ,काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गरेका उनले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आफूले सन्न्यास लिएको घोषणा गरेका हुन् ।

उनले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताएका छन् । पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीमा आफूले शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय गरेको बताए ।

उनले क्रिकेट नखेले पनि आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको उल्लेख गरे । करिब १८ वर्षसम्म चन्द्रसूर्य अङ्कित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा मल्लले खुसी व्यक्त गर्दै आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिए ।

मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गर्दै उनले भने, “प्रकृतिको नियमअनुसार जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई ‘रिप्लेस’ गरेको थिएँ होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा बिराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुआत गर्ने निर्णय गरेको छु । इमान्दारीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँ सबैमाझ चिनाउन सफल भयो, मान प्रतिष्ठा दियो, सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन ।”

मल्लले विसं २०७६ कात्तिकदेखि कप्तानीको भूमिका निर्वाह गरेका थिए । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ मङ्सिर २९ मा कप्तानी पदबाट हटाएको थियो । कप्तानबाट हटेको करिब दुई वर्षसम्म उनले राष्ट्रिय टिमबाट खेले । पछिल्लोपटक सन् २०२३ को जुलाईमा जिम्बावेमा भएको आइसिसी एकिदवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल उहाँको खेल जीवनको अन्तिम खेल बन्यो ।

यसैगरी उनि सन् २००५ मा नेपालको यू–१५ टोलीमा छनोट भएका थिए । सोही वर्ष उनि नेपालको यू–१७ र यू–१९ टोलीमा समावेश भएका थिए । मल्लले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू–१५, यू–१७ र यू–१९)सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए ।

सिनियर राष्ट्रिय टिममा भने उहाँले सन् २००६ बाट डेब्यू गरेका हुन् । उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?