Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

फिफा महिला विश्वकप : स्पेन र जापानद्वारा क्वार्टरफाइनलमा स्थान सुरक्षित


२० श्रावण, एजेन्सी । स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

एकपक्षीय खेलमा स्पेनको जितमा एइटाना बोनमटी कोन्काले पाँचौँ र ३६औँ मिनेटमा गोल गरिन् । अल्बा रेडोन्डो फेरेरले १७औँ, लाइया कोडिना पानेडासले ४५औँ र जेनिफर हेर्मोसो फुइनटेसले ७०औँ मिनेटमा गोल गरिन् ।

स्वीट्जरल्यान्डले स्पेनकी लाइया कोडिना पानेडासबाट आत्मघाती गोल उपहार पाएको थियो । क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै जापानको जितमा रिसा सिमिजुले ५०औँ र हिनाता मियाजावाले ८१औँ मिनेटमा गोल गरिन् । जापानले सुरुवाती गोल १५औँ मिनेटमा नर्वेकी इनग्रिड सेयसटाड इंगेनबाट आत्मघाती उपहार पाएको थियो ।

नर्वेकी गुरो रेइटेनले २०औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो । जापानले क्वार्टरफाइनलमा स्विडेन र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?