Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

फिफा महिला विश्वकप : स्पेन र जापानद्वारा क्वार्टरफाइनलमा स्थान सुरक्षित


२० श्रावण, एजेन्सी । स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

एकपक्षीय खेलमा स्पेनको जितमा एइटाना बोनमटी कोन्काले पाँचौँ र ३६औँ मिनेटमा गोल गरिन् । अल्बा रेडोन्डो फेरेरले १७औँ, लाइया कोडिना पानेडासले ४५औँ र जेनिफर हेर्मोसो फुइनटेसले ७०औँ मिनेटमा गोल गरिन् ।

स्वीट्जरल्यान्डले स्पेनकी लाइया कोडिना पानेडासबाट आत्मघाती गोल उपहार पाएको थियो । क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै जापानको जितमा रिसा सिमिजुले ५०औँ र हिनाता मियाजावाले ८१औँ मिनेटमा गोल गरिन् । जापानले सुरुवाती गोल १५औँ मिनेटमा नर्वेकी इनग्रिड सेयसटाड इंगेनबाट आत्मघाती उपहार पाएको थियो ।

नर्वेकी गुरो रेइटेनले २०औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो । जापानले क्वार्टरफाइनलमा स्विडेन र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?