एजेन्सी। पूर्वी टर्किएको भान प्रान्तमा मंगलवार मिनीबस र ट्रक ठोक्किँदा सात जनाको मृत्यु भएको छ । साथै १२ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । अर्ध–सरकारी अनादोलु एजेन्सीले रिपोर्ट गरेको छ कि मिनीबस विपरीत दिशाबाट आउँदै गरेको बक्स ट्रकसँग ठोक्किएको थियो । जुन भान–हकारी राजमार्गको गुजेल्डेरे सुरुङ नजिकै
एजेन्सी। भारत नियन्त्रित कश्मीरमा मंगलवार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा २५ पर्यटकको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाम शहरमा आक्रमण भएको प्रहरीले जनाएको छ । नयाँ दिल्लीस्थित समाचार पोर्टल द प्रिन्टले
एजेन्सी। चीन सरकारले म्यानमारलाई आपतकालीन मानवीय सहायता सामग्रीको सातौं ब्याच हस्तान्तरण गरेको छ । याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारले म्यानमार सरकारलाई सहायता सामग्रीहरु हस्तान्तरण गरेको हो । मार्च २८ मा आएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार जोखिममा छ । सहायता सामग्रीहरूमा ८ लाख बक्स एमोक्सिसिलिन क्याप्सुल, १ लाख २२
सिड्नी । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ
गाजा सिटी । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम
एजेन्सी। भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिवार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् । भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन्
एजेन्सी। इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईकाअनुसार तेहरानले वार्ताको स्थानलाई ती ढाँचा जत्तिकै महत्वपूर्ण मान्दैन । छलफलहरू अप्रत्यक्ष रूपमा सञ्चालन भइरहने उनले संकेत गरेका छन्
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताएका छन् । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव
एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलवार सडक छेउमा भएको बम विस्फोटमा तीन सुरक्षा कर्मीको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । घटना मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्र नजिकै भएको थियो । जहाँ कलात जिल्लाको तालिम केन्द्रबाट कर्मचारीहरू बोकेको प्रहरी ट्रकमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ठोक्किएको थियो । बलुचिस्तान
एजेन्सी। इजरायली सेनाले सोमवार गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् । आक्रमण गरिएका स्थलहरूमा दक्षिणी गाजामा रहेको हतियार उत्पादन सुविधा र इजरायली भूभागलाई