Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा


राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कैलाली र कञ्चनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान सञ्चालन गर्ने भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान सञ्चालन गर्ने भएका छन्।

पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ १३ गते बालेनले दिनभर कैलालीका राजापुर, टिकापुर, लम्की, बर्दगोरिया, सुखड, पहमानपुर, मसुरिया, चोमाला, अत्तरियालगायत स्थानमा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। बजार क्षेत्र र चोक–चोकमा आयोजना गरिने अभिवादन कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

त्यसै दिन साँझ कञ्चनपुर प्रवेश गर्ने बालेनले पुनर्वास, झलारी हुँदै महेन्द्रनगर बजारमा समेत जनसम्पर्क कार्यक्रम गर्ने तालिका छ।

पार्टीका अनुसार अभियानको उद्देश्य जनतासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र संगठन सुदृढीकरण रहेको छ। RSP ले यस अभियानलाई परिवर्तन र वैकल्पिक राजनीतिप्रति जनविश्वास बलियो बनाउने अवसरका रूपमा लिएको छ।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?