काठमाडौँ । पत्रकार अशोक सिलवाल पशुपतिमा विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञ नियुक्त गरेको हो । पशुपति क्षेत्रको विकास, संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, भोका बालबालिकालाई भोलि खाउँला भन्न नसकिने बताउनुभएको छ । नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गर्दै यस्तो बताउनुभएको हो । संघ सरकारबाट प्राप्त हुनु पर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको
काठमाडौैैैैैैैैैैैैैैैं । परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताउनुभएको छ। नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उहाँले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने
काठमाडौं। एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन
चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो। विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरु समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा
फुङ्लिङ,ताप्लेजुङ। युनाइटेड वल्र्ड स्कुल नेपाल (युडब्ल्युएस) ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयलाई सघाउँदै आएको छ । यो संस्थाले ताप्लेजुङसहित तीन जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणमा सघाउँदै आएको हो । विगत दुई वर्षदेखि ताप्लेजुङका तीन स्थानीय तहलाई कार्यक्षेत्र बनाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै आएको उक्त संस्थाले
काठमाडौं। चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र
काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा राजनीतिक भागबण्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताउनुभएको छ। सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घोषणा गर्नुभएको हो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “आजको यो दिक्षान्त समारोह
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताएका छन् । शिक्षा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका