Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सेतो मच्छिन्द्रनाथको रथ यात्रा पुस्तकको मस्यौदामाथि छलफल


काठमाडौँ । जनबाद्यो (सेतो मच्छिन्द्रनाथ) को रथ यात्रासँग सम्बन्धित (रथ निर्माणदेखि रथयात्रासम्म) संस्कार, संस्कृति, रथयात्रा सञ्चालन गर्ने पद्धति समेटेर तयार पारिएको पुस्तकको मस्यौदामाथि छलफल भएको छ । मस्यौदामा उल्लेख गरिएका विषयको सम्बन्धित व्यक्ति, गुठी तथा संघसंस्थाबाट पृष्ठपोषण लिएर विषयको आधिकारिकता पुष्टि गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले नेपाल मण्डल लिटरेचर कल्चर ट्रष्टसँगको सहकार्यमा तयार पारेको मस्यौदामा सहरी योजना आयोगसहित सरोकारवालासँग पृष्ठपोषण लिइएको, विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।

शुक्रबार भएको छलफलमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्राचीन इतिहास, नेपाल मण्डलको स्थापनापछि विकसित सभ्यताहरुको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र राजनीतिक पक्ष वृहत भएको बताउनुभयो । ‘यी सबै विषयलाई एउटै पुस्तकमा समेट्न कठिन छ । यसकारण कुनै एक पक्षमा सामग्री तयार पारौँ । त्यो सामग्रीले विस्तृत र आधिकारिक जानकारी दिन सकोस् ।’ उहाँले भन्नुभयो, ‘आधिकारिक एउटा दस्तावेज तयार भएपछि, यसमा जोडिएका अन्य पक्षका विषयमा अर्को दस्तावेज तया गरौँ । सार्वजनिक भएको दस्तावेजमा भएका विषय हरेक उमेर समूहका व्यक्तिका लागि उपयुक्त बनाउन विभिन्न ढाँचामा पुनःप्रकाशन गर्दै जाऔँ । यसमा सुझाव दिँदा खर्च, समय र अन्य सीमा हेरेर होइन, विषयको पूर्णता कसरी प्राप्त गर्न सकिन्छ भन्ने सोचेर दिनुहोला ।’


प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?