Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सेतो मच्छिन्द्रनाथको रथ यात्रा पुस्तकको मस्यौदामाथि छलफल


काठमाडौँ । जनबाद्यो (सेतो मच्छिन्द्रनाथ) को रथ यात्रासँग सम्बन्धित (रथ निर्माणदेखि रथयात्रासम्म) संस्कार, संस्कृति, रथयात्रा सञ्चालन गर्ने पद्धति समेटेर तयार पारिएको पुस्तकको मस्यौदामाथि छलफल भएको छ । मस्यौदामा उल्लेख गरिएका विषयको सम्बन्धित व्यक्ति, गुठी तथा संघसंस्थाबाट पृष्ठपोषण लिएर विषयको आधिकारिकता पुष्टि गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले नेपाल मण्डल लिटरेचर कल्चर ट्रष्टसँगको सहकार्यमा तयार पारेको मस्यौदामा सहरी योजना आयोगसहित सरोकारवालासँग पृष्ठपोषण लिइएको, विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।

शुक्रबार भएको छलफलमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्राचीन इतिहास, नेपाल मण्डलको स्थापनापछि विकसित सभ्यताहरुको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र राजनीतिक पक्ष वृहत भएको बताउनुभयो । ‘यी सबै विषयलाई एउटै पुस्तकमा समेट्न कठिन छ । यसकारण कुनै एक पक्षमा सामग्री तयार पारौँ । त्यो सामग्रीले विस्तृत र आधिकारिक जानकारी दिन सकोस् ।’ उहाँले भन्नुभयो, ‘आधिकारिक एउटा दस्तावेज तयार भएपछि, यसमा जोडिएका अन्य पक्षका विषयमा अर्को दस्तावेज तया गरौँ । सार्वजनिक भएको दस्तावेजमा भएका विषय हरेक उमेर समूहका व्यक्तिका लागि उपयुक्त बनाउन विभिन्न ढाँचामा पुनःप्रकाशन गर्दै जाऔँ । यसमा सुझाव दिँदा खर्च, समय र अन्य सीमा हेरेर होइन, विषयको पूर्णता कसरी प्राप्त गर्न सकिन्छ भन्ने सोचेर दिनुहोला ।’


प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?