Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन


अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि काबारही प्रक्रिया अघि बढाएको छ ।

बिहीवार त्रिभूवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् । उनले त्रिभूवन विश्वविद्यालयबाट अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कारबाहीका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) तथा सम्बन्धित निकायमा लेखी पठाउन समेत निर्देशन दिएका छन् । उनले त्रिभूवन विश्वविद्यालय (त्रिवि)का अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

उनले भने,‘ त्रिभूवन विश्वविद्यालय भित्रको अतिक्रमित जति पनि जग्गाहरु छन् त्यो जग्गाहरुलाई एकदमै प्राथमिकतामा राखेर त्यसको काम कारबाही अगाडि बढाउनको लागि अनुरोध गर्दछु । र अध्ययन बिदाको दुरुपयोग गरेर विश्वविद्यालय फर्किनु नभएका प्राध्यापकहरु अथवा सम्पर्कमा नहुनुभएका प्राध्यापकहरुको जुन हामीले चाहीँ रिकभर गरेका छौँ, उहाँहरूको भत्ता, त्यसलाई पनि तिब्रता दिई अहिले हाम्रो यता एजेण्डामा देखियो । जरिवाना तिराउने जसले त्यो दुरुपयोग गर्नुभएको छ भन्ने विषयमा तर जो सम्पर्कमै आउनुभएको छैन, जसले चाहिँ यो प्रक्रियामा सहयोग गर्नुभएको छैन उहाँहरूलाई पनि थप कारबाहीको लागि सीआईबी तथा सम्बन्धी निकायमा चाहीँ लेखी पठाउने एउटा प्रतिवेदन तयार गरेर त्यो लेखी पठाउन पनि म अनुरोध गर्दछु । र त्यसको समय सीमा पनि तोकौँ । त्यसको लागि १ महिनाको समय सीमाभित्र जो सम्पर्कमा आउनु हुँदैन । उहाँहरूको लागि चाहीँ प्रतिवेदन तयार गरेर त्यसलाई चाहीँ सीआईबी अथवा अन्य सम्बन्धीत निकायमा पठाउन लागि पनि अनुरोध गर्दछु ।’

मन्त्री पोखरेलले अध्ययन बिदाको दुरुपयोग गरेका प्राध्यापक एक महिनाको समयसीमाभित्र सम्पर्कमा नआए थप कारबाहीका लागि प्रतिवेदनसहित सिआईबीमा पठाउन निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?