Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव


विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि उम्मेदवारको शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने बताएकी छिन् ।

सोमवार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै डा. कार्कीले यस्तो बताएकी हुन् । डा. कार्कीले कार्यकारी निर्देशक पदका लागि केवल फरेन्सिक मेडिसिनमा मात्र सिमित नभई चिकित्सा विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र भौतिक विज्ञान जस्ता विधाहरूमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई पनि समेट्नुपर्ने तर्क गरिन् । कुनै एक विधामा मात्र सिमित रहँदा योग्य उम्मेदवारको अभाव हुन सक्ने र छनोट प्रक्रिया खुम्चिने उल्लेख गर्दै उनले सक्षम जनशक्तिलाई अवसर दिनुपर्ने बताइन् । कार्यकारी निर्देशकको उमेर हदका बारेमा चर्चा गर्दै डा. कार्कीले ६० वर्षको सीमालाई परिवर्तन गर्न नहुने पक्षमा आफ्नो मत राखेकी छिन् । नयाँ पुस्ताले कम उमेरमै उच्च शैक्षिक योग्यता र सफलता हासिल गरिरहेको उल्लेख गर्दै उनले नयाँ र अपडेटेड पुस्तालाई नेतृत्वमा आउने अवसर प्रदान गर्नुपर्ने बताइन् ।

कार्यकारी निर्देशकका लागि आवश्यक १० वर्षको कार्य अनुभवका सम्बन्धमा स्पष्ट पार्दै डा. कार्कीले भनिन् , ‘सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेपछि हासिल गरेको अनुभवसँगै चिकित्सकहरूको हकमा इन्टर्नसिप र शुरुवाती चरणदेखिको कार्य अनुभवलाई पनि गणना गरिनुपर्छ । प्रमाणपत्रभन्दा कार्य अनुभव बढी महत्वपूर्ण हुन्छ । ६० वर्ष कटेका अनुभवी व्यक्तिहरूलाई कार्यकारी भूमिकामा भन्दा पनि सल्लाहकारका रूपमा नियुक्त गरी उहाँहरूको अनुभवबाट लाभ लिन सकिन्छ ।’

बैठकमा विधेयकका अन्य प्रावधानहरू र प्रयोगशालालाई आधुनिक एवं वैज्ञानिक ढंगले सञ्चालन गर्ने विषयमा समेत दफावार छलफल भएको हो ।


प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?