Trending
>>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु >>   कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला >>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ >>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

त्रिवि सेवा आयोग सदस्य सिफारिस: बौद्धिक चोरीमा संलग्नलाई आवेदन दिन बन्देज,अनलाईनबाटै आवेदन


काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा रिक्त सेवा आयोगको सदस्य पदका लागि सिफारिस प्रक्रिया सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइ लागु गरेकाले सोही कार्यविधि बमोजिम सिफारिस गरिनेछ। खुला प्रतिस्पर्धा मार्फत रिक्त पदपूर्तीका लागि आवेदन आह्वानको सूचना मन्त्रालयको वेबसाइटमा राखिनेछ। सबै शिक्षाविद् र सरोकारवालालाई यो खुला आवेदनको सूचना सम्प्रेषण गरी उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग गर्न आग्रह गर्दछौँ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरु नियुक्त गर्ने प्रकृयाको नेतृत्व लिनसक्ने दुरदृष्टि, दृढ नेतृत्व शैली प्रकट गरि कार्य गर्न सक्ने व्यक्तिको छनोट सुनिश्चित गर्नु मुख्य उद्देश्य रहेको छ।

सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापुर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो संगठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिनेछ।

आवेदक कम्तिमा १० (दश) वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तिमा २ (दुई) वर्ष उच्च शैक्षिक सँस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र Plagiarism मा दोषी प्रमाणित नभएको स्व- घोषणा पनि संलग्न गर्नुपर्नेछ।

आवेदनसँग विद्यावारिधि उपाधिको प्रमाणपत्र र प्राध्यापक पदमा नियुक्तिपत्रकाे प्रतिलिपि, प्राज्ञिक अभ्यासको हकमा कम्तीमा SCImago Journal अन्तर्गत सुचिकृत जर्नलमा प्रकाशित लेखको विवरण र NEPJOL मा सूचिकृत समकक्ष समिक्षित जर्नल(Peer Reviewed Journal) मा लेख प्रकाशन गरेको भए सोको वेवसाइट लिंक, उच्च शैक्षिक स‌ंस्थाको व्यवस्थापकीय पदमा २(दुई) वर्षको अनुभव हाँसिल गरेको प्रमाणको प्रतिलिपि संलग्न गरेको हुनुपर्नेछ।
यसरी नै विश्वविद्यालयसँग स्वार्थ नबाझिएको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदका लागि अयोग्य नरहेको र कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउन सेवा आयोगको निष्पक्षता, तटस्थता, गुणस्तर र कार्यक्षमता अभिवृद्धिको निमित्त आगामी रणनीति सम्बन्धी कार्ययोजनासहितको ३,००० शब्दको सोचपत्र, अन्तराष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेको अनुभव भए सोको प्रति र विवरण सहित नेपाली नागरिकताको प्रतिलिपि राखेर आवेदन दिनुपर्नेछ। आवेदनका लागि ६५ वर्षको उमेर हद कायम गरिएको छ।

उल्लेखित योग्यता पुगेको आवेदकले अनुसन्धान, शिक्षण, उद्योग-शिक्षा सहकार्य र प्रशासनिक उपलब्धिहरूको जानकारीको स्पष्ट उल्लेख भएको, निर्धारित ढाँचामा विस्तृत वायोडाटा/ व्यक्तिगत विवरण सहित उम्मेदवारीको स्व-घोषणायुक्त दुई पृष्ठको औचित्य र कार्ययोजना सहितको सोचपत्र सहित आवेदन दिन सक्नेछ। दरखास्त विद्युतीय माध्यमबाट पेस गर्नेगरी व्यवस्था गरिएको छ।

दश दिनको समय दिएर सम्भावित उम्मेदवारहरुबाट आवेदन आह्वान गरिएको छ। तीनजना सदस्य रहेको पदाधिकारी छनौट विज्ञ उप-समिति (Technical Evaluation Committee) ले प्राप्त आवेदकहरुको योग्यता र कृतिको मुल्यांकन गरेर सर्ट लिष्ट निकाल्नेछ वा कार्यविधिमा उल्लेख भए बमोजिम सबै आवेदकहरुको प्रक्रिया अगाडी बढाइनेछ। विज्ञ उप-समितिको सिफारिस पश्चात मूल छनोट समितिले प्रस्तुतीकरण र अन्तर्वाता लिएर उत्कृष्टता आधारमा सदस्य सिफारिस गरिनेछ।

आवेदनको लागि सूचना प्रकाशन यही चैत्र १८ गते गरिएको छ भने चैत्र २८ गते बेलुका ५ (पाँच) बजेसम्म आवेदन पेश गर्नुपर्नेछ।

आवेदन फारामः https://forms.gle/yz8vYHWHcvQEs5DC7
कार्यविधिः https://moest.gov.np/post/3_6609090b0b5fa


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?