Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै


यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै

काठमाडौं ।त्रिभूवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।

बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दिक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो । त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रश्तुत गर्नुभएको विवरणअनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ । ग्रेस लिस्टमा परेका विद्यार्थी मध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका रहेका छन् ।

ग्रेस लिस्टअनुसार एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमातर्फ १८४ र विद्यावारिधितर्फ १६६ विद्यार्थी रहेका छन् । संकाय तथा अध्ययन संस्थानतर्फ व्यवस्थापन संकायका सबैभन्दा धेरै ४३ हजार १४२, शिक्षाशास्त्रमा १० हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४४१ र कानुनमा ३ हजार १ विद्यार्थी रहेका छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ विद्यार्थी रहेको रजिस्टार शिवोकोटीले जानकारी दिएका छन् ।

उनले भने, ‘ग्रेस लिस्टमा २०८२ असार १ गते देखि २०८३ असार मसान्तसम्म ६४औँ ग्रेस लिस्ट अनुसार कुल विद्यार्थी संख्या ९५ हजार ५ सय ४० रहेको छ । यसमध्ये प्राविधिक तर्फ १५ दशमलव १० र साधारण तर्फ ८४ दशमलव ९० प्रतिशत रहेका छन् । एमफिल गर्ने २५३ जना, पोस्ट ग्याजुएट डिप्लोमा १८४ जना र विद्यावारिधि १६६ जना रहेका छन् । संकायगत रूपमा हेर्दा व्यवस्थापन संकायमा ४३ हजार १४२ जना, शिक्षाशास्त्र संकायमा १० हजार ५३३ जना, मानविकी तथा सामाजिक शास्त्र संकायमा १५,४४१ र कानुन संकायमा ३ हजार १ जनशक्ति उत्पादन भएको छ । यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८ जना, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६० जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२० जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ जना र वन विज्ञान अध्ययन संस्थानमा १९२ जनशक्ति उत्पादन भएको छ । व्यवस्थापन संकायतर्फ स्नातक तहमा ३२ हजार १५२ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । र त्यस्तै स्नातकोत्तर तहमा १० ९०४ जना, एमफिल तहमा ६० जना, पीजीडी अधिसनातकमा १८ जना र विद्यावारिधिमा ८ जना र समग्रमा व्यवस्थापन संकायमा ४३ हजार १४२ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । र त्यस्तै शिक्षाशास्त्र संकायमा स्नातक तहमा १६ हजार ३८९ जना, स्नातकोत्तर तहमा ३ हजार ४३ जना, एमफिल तहमा २८ जना, अधिसनातकमा ५२ जना विद्यावारिधिमा २१ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । आज उपाधि प्रदान गर्न अनुमति पाउने विद्यार्थीहरूको दिक्षान्त कार्यक्रमलाई २०८३ साल पौष महिनामा काठमाडौँमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको भइरहेको छ ।’

विश्वविद्यालयले आगामी पुसमा काठमाडौंमा मूल दिक्षान्त समारोह आयोजना गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिएका छन् । यस वर्षदेखि विद्यार्थीको सहजताका लागि सातै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गरिनेछ ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?