Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

काठमाडौँमा ‘टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार गरिने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम सुरु गरेको हो । शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित हुनेछन् । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ । महानगरपालिकाको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मार्फत यो कार्यक्रम सञ्चालनमा आएको हो ।

 

कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, यस बर्ष शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन गरेका छौँ । यसमध्ये पुस्तकरहित शुक्रबार, शिक्षामा सिप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयका लागि करिब २८ करोड रुपैयाँ छ । यी कार्यक्रमको साझेदार विश्वविद्यालयलाई २ करोड ९५ लाख रुपैयाँ प्रदान गर्दैछौँ । शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र शिक्षकहरुमा गरिएको यो लगानी सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र, सिप र आचरणबाट फिर्ता हुने अपेक्षा गरेका छौँ ।’ उहाँले शैक्षिक गुणस्तरका विषयमा कुरा गर्दै भन्नुभयो, ‘यस अघि सबैका लागि शिक्षा भन्दै आएका थियौँ । अब सबैका लागि गुणस्तरीय शिक्षा भन्नुपर्छ । शिक्षा भनेर मात्र नपुग्ने भयो । शैक्षिक क्षेत्रमा देखिएका कमजोरी सुधार गर्न गएको बर्ष शिक्षक र पूर्वाधार केन्द्रीत कार्यक्रम चलाएका थियौँ । यस बर्ष गएको बर्षका कार्यक्रमसँगै विद्यार्थी र शिक्षक केन्द्रीत कार्यक्रम थपेर चलाएका छौँ ।’


प्रकाशित मिति: २५ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?