Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार


काठमाडौँ। भाद्र ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर शो सम्पन्न भएको छ ।

बुधवार साँझ काठमाडौंस्थित एक सिनेमाघरमा चलचित्रको प्रमियर शो गरिएको हो । प्रिमियर शोपछि सिनेपत्रकारहरुसँग कुराकानी गर्दै अभिनेत्री केकी अधिकारीले चलचित्रले पारिवारिक विषय वस्तु झल्काउने बताए । चलचित्रमा अभिनय गरेका दिनहरुलाई सम्झिँदै उहाँले हिंसामा परेका नेपाली चेलीहरुको कथा चलचित्रमा समेटिएको उल्लेख गरे । सिनेमा हेरिसकेपछि सिनेपत्रकारसँग कुरा गर्दै गायिका अञ्जु पन्तले चलचित्रले नेपाली समाजको कथा बोकेको र चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको बताएका छन् । अभिनेता विजय बरालले चलचित्रको पात्र सीताराम झैँ हरेक मानिसहरुले आफूलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

विजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्रमा कविता आले, भोलाराज सापकोटा, तारा शर्मा,भावना मगर, सुमन थापा, गौरव पहाडी लगायतका कलाकारको समेत अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि बिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?