Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उनको आरोप छ । उनले जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण र मानव तस्करी रोक्नुपर्ने अवस्थामा सरकारले उल्टै ती विषयलाई हल्का खेलको रूपमा लिएको टिप्पणी गरे । उनले मानव तस्करीजस्तो गम्भीर विषयमा ठूला दलहरू मौन रहने गरेको आरोप लगाउँदै उनले भ्रष्टाचारका घटनालाई पनि सरकारले बेवास्ता गरेको जिकिर गरेका छन् । सांसद नेपालीले सरकारले वैकल्पिक शक्तिहरुमाथि निरन्तर कमजोर बनाउने प्रयास गरिरहेको आरोप समेत लगाए । सांसद नेपालीले उपसभामुखमाथि अंकगणितीय खेल खेल्न लागिएको भन्दै त्यसलाई लोकतन्त्रको अपमानका रूपमा चित्रण पनि गरेका छन् ।

उनले भने, ‘लिपुलेक र कालापानीको भूभाग छिमेकी देशहरुले प्रयोग गर्ने भनेर आम सञ्चारमाध्यममा आएको छ । नेपालको भूभागको संरक्षण गर्न नेपाल सरकारले यथाशिघ्र पहल गर्छ भन्ने हामीले विश्वास गरेका छौं । सभामुख महोदय देश हाँक्नेहरुले संविधानको रक्षा गर्नुपर्ने हो । तर सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा मानव तस्करी नियन्त्रण गर्नुपर्ने सरकार आज तीनै खेलमा रमाइरहेको छ । मानव तस्करीजस्तो गम्भीर विषय उठ्दा ठूला दल कि आत्तिन्छन् ? भ्रष्टाचारको भ सुन्न डराउँछन् । काण्ड भन्दा औँला हामी नयाँ तिर तेर्साउँछन् । संसारका कुनै पनि देशमा जब भ्रष्टाचार र अत्याचार चरम सीमामा पुग्दछ । तब नयाँ वैकल्पिक शक्तिहरुलाई जन्माउँछ । नयाँ वैकल्पिक शक्तिहरुलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय ग¥यो । अब आदिवासि जनजातिकी छोरी उपसभामुखमाथि अंकगणितीय खेल खेल्दैछ । योभन्दा ठूलो लोकतन्त्रको अपमान के हुनसक्छ सभामुख महोदय ?’

उनले भिजिट भिसा प्रकरणको निष्पक्ष छानविन नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?