Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उनको आरोप छ । उनले जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण र मानव तस्करी रोक्नुपर्ने अवस्थामा सरकारले उल्टै ती विषयलाई हल्का खेलको रूपमा लिएको टिप्पणी गरे । उनले मानव तस्करीजस्तो गम्भीर विषयमा ठूला दलहरू मौन रहने गरेको आरोप लगाउँदै उनले भ्रष्टाचारका घटनालाई पनि सरकारले बेवास्ता गरेको जिकिर गरेका छन् । सांसद नेपालीले सरकारले वैकल्पिक शक्तिहरुमाथि निरन्तर कमजोर बनाउने प्रयास गरिरहेको आरोप समेत लगाए । सांसद नेपालीले उपसभामुखमाथि अंकगणितीय खेल खेल्न लागिएको भन्दै त्यसलाई लोकतन्त्रको अपमानका रूपमा चित्रण पनि गरेका छन् ।

उनले भने, ‘लिपुलेक र कालापानीको भूभाग छिमेकी देशहरुले प्रयोग गर्ने भनेर आम सञ्चारमाध्यममा आएको छ । नेपालको भूभागको संरक्षण गर्न नेपाल सरकारले यथाशिघ्र पहल गर्छ भन्ने हामीले विश्वास गरेका छौं । सभामुख महोदय देश हाँक्नेहरुले संविधानको रक्षा गर्नुपर्ने हो । तर सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा मानव तस्करी नियन्त्रण गर्नुपर्ने सरकार आज तीनै खेलमा रमाइरहेको छ । मानव तस्करीजस्तो गम्भीर विषय उठ्दा ठूला दल कि आत्तिन्छन् ? भ्रष्टाचारको भ सुन्न डराउँछन् । काण्ड भन्दा औँला हामी नयाँ तिर तेर्साउँछन् । संसारका कुनै पनि देशमा जब भ्रष्टाचार र अत्याचार चरम सीमामा पुग्दछ । तब नयाँ वैकल्पिक शक्तिहरुलाई जन्माउँछ । नयाँ वैकल्पिक शक्तिहरुलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय ग¥यो । अब आदिवासि जनजातिकी छोरी उपसभामुखमाथि अंकगणितीय खेल खेल्दैछ । योभन्दा ठूलो लोकतन्त्रको अपमान के हुनसक्छ सभामुख महोदय ?’

उनले भिजिट भिसा प्रकरणको निष्पक्ष छानविन नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?