Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस्


काठमाडौँ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छिन् ।

नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी छिन् । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरिक्षक दीपक थापालाई आग्रह गरिन् । उनले नेपाल प्रहरीमा महिलाहरुको सहभागिता हुन लामो समय लागेको र समाजमा महिलाहरु कमजोर हुन्छन् भन्ने मानसिकताबाट ग्रसित हुँदा प्रहरीको संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट महिला बहिष्कृत भएको उनको भनाई छ । ‘सुरक्षामा, सेनामा, कानून कार्यन्वयन गर्ने निकायमा, अथवा न्यायमा महिलाहरुले काम गर्न सक्दैनन्’,भन्ने सोचले समाजमा जरो गाडेर बसको उनले स्मरण गरिन् । तर हाल त्यो सोच धेरै परिवर्तन भइसकेको उनले बताएकी छिन् ।

उनले भनिन्, ‘प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने, अझ न्याय पालिकाको सदस्य पनि हो तपाई, न्यायको पहिलो ढोका पनि हो तपाई । कुनैपनि अपराधिक घटनामा न्याय दिलाउने तपाईहरु द्वार पनि हो । तर महिलाहरु यो द्वारबाट, यो संस्थाबाट, संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए । बहिष्कृत यस अर्थमा थिए की किनेभने त्यहाँ एउटा गहिरो जरो गाडिएका यस्तो सोचहरु थिए जुन चाहीँ लैङ्गिक लघुताभाषमा आधारित थिए । के सोचिन्थ्यो भन्दाखेरी सुरक्षामा, सेनामा, कानुन कार्यन्वयन गर्ने निकायमा, अथवा न्यायका सिक्रीहरुमा महिलाहरु सक्दैनन् । महिलाहरु सक्षम छैनन् । महिलाहरुले गर्न सक्दैनन् । अझ झन प्रहरी र सुरक्षा फौजको कुरा आउँछ, महिलाको त बलै छैन । अनि यो व्यक्तिगत क्षमतालाई नहेरि लिङ्गका आधारमा सामुहिक रुपमा चाँही सक्दैनन् भन्ने अनुमानबाट हामीहरु अगाडी बढेका थियौँ । अनुमानको कुरा पनि कस्तो थियो भने शारिरीक रुपमा पनि असक्षम, भावनात्मक रुपमा पनि धेरै कमजोर हुन्छ भन्ने सोच । अनि प्रश्न मलाई गर्न म लाग्छ, परिवर्तन त धेरै भएको छ । परिवर्तन त धेरै भएको छ तर पूर्ण भएको छैन । के साँच्चै महिला शारिरिक रुपमा कमजोर हुन्छन् ? म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अव यदी महिलाले सुरक्षा लिने वर्ग होईन दिने वर्ग पनि हो भने भिभिआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईहरु उदाहरण बनिदिनुस् ।’

उनले पछिल्लो समय महिलाहरु धेरै क्षेत्रमा अगाडी बढिरहेको बताएकी छिन् । शुन्यबाट १२ प्रतिशतसम्म महिलाको सहभागीता प्रहरी र न्याय क्षेत्रमा पुगेको उनको भनाई छ । यो उपलब्धि पनि ठूलो भएको उनले बताउदै उनले प्रहरीमा पनि महिला प्रमुख भएको हेर्ने चाहना रहेको बताएकी छिन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?