Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस्


काठमाडौँ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छिन् ।

नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी छिन् । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरिक्षक दीपक थापालाई आग्रह गरिन् । उनले नेपाल प्रहरीमा महिलाहरुको सहभागिता हुन लामो समय लागेको र समाजमा महिलाहरु कमजोर हुन्छन् भन्ने मानसिकताबाट ग्रसित हुँदा प्रहरीको संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट महिला बहिष्कृत भएको उनको भनाई छ । ‘सुरक्षामा, सेनामा, कानून कार्यन्वयन गर्ने निकायमा, अथवा न्यायमा महिलाहरुले काम गर्न सक्दैनन्’,भन्ने सोचले समाजमा जरो गाडेर बसको उनले स्मरण गरिन् । तर हाल त्यो सोच धेरै परिवर्तन भइसकेको उनले बताएकी छिन् ।

उनले भनिन्, ‘प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने, अझ न्याय पालिकाको सदस्य पनि हो तपाई, न्यायको पहिलो ढोका पनि हो तपाई । कुनैपनि अपराधिक घटनामा न्याय दिलाउने तपाईहरु द्वार पनि हो । तर महिलाहरु यो द्वारबाट, यो संस्थाबाट, संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए । बहिष्कृत यस अर्थमा थिए की किनेभने त्यहाँ एउटा गहिरो जरो गाडिएका यस्तो सोचहरु थिए जुन चाहीँ लैङ्गिक लघुताभाषमा आधारित थिए । के सोचिन्थ्यो भन्दाखेरी सुरक्षामा, सेनामा, कानुन कार्यन्वयन गर्ने निकायमा, अथवा न्यायका सिक्रीहरुमा महिलाहरु सक्दैनन् । महिलाहरु सक्षम छैनन् । महिलाहरुले गर्न सक्दैनन् । अझ झन प्रहरी र सुरक्षा फौजको कुरा आउँछ, महिलाको त बलै छैन । अनि यो व्यक्तिगत क्षमतालाई नहेरि लिङ्गका आधारमा सामुहिक रुपमा चाँही सक्दैनन् भन्ने अनुमानबाट हामीहरु अगाडी बढेका थियौँ । अनुमानको कुरा पनि कस्तो थियो भने शारिरीक रुपमा पनि असक्षम, भावनात्मक रुपमा पनि धेरै कमजोर हुन्छ भन्ने सोच । अनि प्रश्न मलाई गर्न म लाग्छ, परिवर्तन त धेरै भएको छ । परिवर्तन त धेरै भएको छ तर पूर्ण भएको छैन । के साँच्चै महिला शारिरिक रुपमा कमजोर हुन्छन् ? म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अव यदी महिलाले सुरक्षा लिने वर्ग होईन दिने वर्ग पनि हो भने भिभिआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईहरु उदाहरण बनिदिनुस् ।’

उनले पछिल्लो समय महिलाहरु धेरै क्षेत्रमा अगाडी बढिरहेको बताएकी छिन् । शुन्यबाट १२ प्रतिशतसम्म महिलाको सहभागीता प्रहरी र न्याय क्षेत्रमा पुगेको उनको भनाई छ । यो उपलब्धि पनि ठूलो भएको उनले बताउदै उनले प्रहरीमा पनि महिला प्रमुख भएको हेर्ने चाहना रहेको बताएकी छिन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?