३ ,भाद्र ,ढोरपाटन (बागलुङ) । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल
३ भदाै, एजेन्सी । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा आइतबार भएको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो । स्पेनको जितमा कप्तान ओल्गा कारमोनाले गोल गरिन् । उनले २९औं मिनेटमा गरेको गोल स्पेनलाई
३ भदाै, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्याउने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै
३ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले कक्षा
३ भदाै, जुम्ला । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रू ४७ करोड बढी राजस्व सङ्कलन गरेको छ । सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य रू ४७ करोड ५६ लाख रहेकामा रू ४७ करोड २६ लाख सङ्कलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले
३ भदाै, झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए ।
३ भदाै, काठमाडाैँ। यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर
३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिए । बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उनले भने, “जे कुरामा छलफल गर्नु थियो,
३ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहको विरूद्धमा काठमाडाैँका फुटपाथ व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले सडक व्यापारीहरूलाई गरिखान नदिएको, सामान गैरकानुनी रूपमा खोसिएर लिलाम गरिएको, सडक व्यापारलाई कानुनी मान्यता दिने व्यवस्था नगरिएको
३ भदाै, काठमाडाैँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को