Trending
>>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा


काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुरानो मूल्य र मान्यताको रक्षा गर्दै कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंको खुलामञ्चमा आईतवारबाट शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले काँग्रेसको पहिचान केवल चुनाव जित्ने र पद प्राप्त गर्ने खेलमा सिमित हुन नहुने भन्दै संगठनलाई जनताको दुःखमा साथ दिने बलियो शक्ति बनाउनुपर्ने बताएका छन् । थापाले पार्टीको वैचारिक जग वीपी कोइराला र गणेशमान सिंहको त्यागबाट निर्मित भएको स्मरण गराउँदै काँग्रेसको विचार र मूल्यलाई कायमै राखेर काम गर्ने शैली, भाषा, सोच र संस्कृति बदल्नुपर्ने बताएका छन् । उनले संगठनको अर्थ केवल कार्यालय वा अधिवेशन मात्र नभएर जनतासँगको जीवन्त सम्बन्ध भएको प्रस्ट पारेका छन् । उनले पार्टीभित्रको सांगठनिक शिथिलतालाई चिर्दै कार्यकर्ताहरूलाई वडा तहसम्म पुगेर जनतासँग एकाकार हुन निर्देशन दिएका छन् । पार्टी पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिलाई लिएर उठेका प्रश्नमा उहाँले संयमित प्रतिक्रिया दिँदै देउवाको मान राख्न कुर्सी खाली राखेको तर नआउनुभएको बताएका छन् । उनले भने, ‘काँग्रेस हुनुको अर्थ केवल पार्टीको झण्डा बोक्नु, नारा लगाउनु वा चुनावमा उम्मेदवार उठाउनु र जिताउनु मात्र होइन । नेपाली काँग्रेस त्योभन्दा धेरै माथिको विचार, मूल्य र आदर्शबाट बनेको पार्टी हो । हामी बदलिन आएका छौँ । बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन, वीपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो । महाधिवेशन सकिएपछि फोटो खिचेर फर्किने होइन । प्रत्येक प्रतिनिधि वडा–वडामा पुगेर संगठनलाई जनतासँग जोड्नुपर्छ । संगठनको अर्थ पार्टी कार्यालय वा अधिवेशन मात्र होइन । किसान, युवा, अल्पसंख्यक वा अप्ठ्यारोमा परेको जुनसुकै नागरिकले पार्टी खोज्दा उसको साथमा उभिन सक्नु नै संगठन र काँग्रेस हुनुको वास्तविक अर्थ हो । शेरबहादुर देउवाप्रति सम्मान केवल उहाँको ढोकामा गएर सलामी दिएर होइन, उहाँले काम गर्नुभएको पार्टीलाई अझ अग्लो, बलियो र फराकिलो बनाएर गर्नुपर्छ । काँग्रेस छोडेर जानुभएका साथीहरूलाई पनि हामी भन्न चाहन्छौँ, तपाईंहरूले कांग्रेस छोड्नुभएको होइन, हाम्रो व्यवहारका कारण काँग्रेसले तपाईंहरूलाई छोडेको हो । तपाईंहरूको मनमा चोट पु¥याएको हामी स्वीकार गर्छौँ । अब काँग्रेस फेरि तपाईंहरूलाई जोड्न आउनेछ । यही संकल्पका साथ काँग्रेसलाई नयाँ ऊर्जा, नयाँ शैली र जनतासँग अझ गहिरो सम्बन्ध भएको पार्टी बनाऔँ ।’ महाधिवेशनबाट पारित हुने कार्यदिशाले काँग्रेसलाई नयाँ उचाईमा लैजाने उनको विश्वास छ ।

काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुरानो मूल्य र मान्यताको रक्षा गर्दै कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंको खुलामञ्चमा आईतवारबाट शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले काँग्रेसको पहिचान केवल चुनाव जित्ने र पद प्राप्त गर्ने खेलमा सिमित हुन नहुने भन्दै संगठनलाई जनताको दुःखमा साथ दिने बलियो शक्ति बनाउनुपर्ने बताएका छन् । थापाले पार्टीको वैचारिक जग वीपी कोइराला र गणेशमान सिंहको त्यागबाट निर्मित भएको स्मरण गराउँदै काँग्रेसको विचार र मूल्यलाई कायमै राखेर काम गर्ने शैली, भाषा, सोच र संस्कृति बदल्नुपर्ने बताएका छन् । उनले संगठनको अर्थ केवल कार्यालय वा अधिवेशन मात्र नभएर जनतासँगको जीवन्त सम्बन्ध भएको प्रस्ट पारेका छन् । उनले पार्टीभित्रको सांगठनिक शिथिलतालाई चिर्दै कार्यकर्ताहरूलाई वडा तहसम्म पुगेर जनतासँग एकाकार हुन निर्देशन दिएका छन् । पार्टी पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिलाई लिएर उठेका प्रश्नमा उहाँले संयमित प्रतिक्रिया दिँदै देउवाको मान राख्न कुर्सी खाली राखेको तर नआउनुभएको बताएका छन् ।

उनले भने, ‘काँग्रेस हुनुको अर्थ केवल पार्टीको झण्डा बोक्नु, नारा लगाउनु वा चुनावमा उम्मेदवार उठाउनु र जिताउनु मात्र होइन । नेपाली काँग्रेस त्योभन्दा धेरै माथिको विचार, मूल्य र आदर्शबाट बनेको पार्टी हो । हामी बदलिन आएका छौँ । बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन, वीपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो । महाधिवेशन सकिएपछि फोटो खिचेर फर्किने होइन । प्रत्येक प्रतिनिधि वडा–वडामा पुगेर संगठनलाई जनतासँग जोड्नुपर्छ । संगठनको अर्थ पार्टी कार्यालय वा अधिवेशन मात्र होइन । किसान, युवा, अल्पसंख्यक वा अप्ठ्यारोमा परेको जुनसुकै नागरिकले पार्टी खोज्दा उसको साथमा उभिन सक्नु नै संगठन र काँग्रेस हुनुको वास्तविक अर्थ हो । शेरबहादुर देउवाप्रति सम्मान केवल उहाँको ढोकामा गएर सलामी दिएर होइन, उहाँले काम गर्नुभएको पार्टीलाई अझ अग्लो, बलियो र फराकिलो बनाएर गर्नुपर्छ । काँग्रेस छोडेर जानुभएका साथीहरूलाई पनि हामी भन्न चाहन्छौँ, तपाईंहरूले कांग्रेस छोड्नुभएको होइन, हाम्रो व्यवहारका कारण काँग्रेसले तपाईंहरूलाई छोडेको हो । तपाईंहरूको मनमा चोट पु¥याएको हामी स्वीकार गर्छौँ । अब काँग्रेस फेरि तपाईंहरूलाई जोड्न आउनेछ । यही संकल्पका साथ काँग्रेसलाई नयाँ ऊर्जा, नयाँ शैली र जनतासँग अझ गहिरो सम्बन्ध भएको पार्टी बनाऔँ ।’

महाधिवेशनबाट पारित हुने कार्यदिशाले काँग्रेसलाई नयाँ उचाईमा लैजाने उनको विश्वास छ ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?