Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन्


रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन्

काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेका अधिकांश नेतृत्व र सदस्यहरू आफ्नो पार्टीमा प्रशिक्षित भई गएका व्यक्तिहरू भएको बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा जारी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा बोल्दै उनले रास्वपाको वर्तमान संरचनामा काँग्रेसको ठूलो लगानी रहेको संकेत गरेका छन् । आईतवारबाट राजधानीमा शुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपामा गएका नेताहरू र संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको पृष्ठभूमिप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले रास्वपाभित्र रहेका ४० देखि ५० जना व्यक्तिहरू आफ्नो पार्टीमा प्रशिक्षण लिएर गएकाहरूको बाहुल्यता रहेको जिकिर गरेका छन् । आफूले ती व्यक्तिहरूलाई राम्रै कुरा सिकाएर पठाएको भन्दै रास्वपाको नेतृत्व र तल्लो तहका कार्यकताहरूसमेत विगतमा काँग्रेसका कार्यक्रममा सक्रिय रहने गरेको स्मरण गराएका छन् ।

सभापति थापाले भने, ‘अघि नै रविजीले यहाँ केही साथीहरूले रास्वपामा मत दिएको प्रसङ्ग उठाउनु भयो । हामीलाई त्यसको खासै चिन्ता छैन । संसद्भित्र हेर्नुभयो भने पनि थुप्रै साथीहरू हिजो कांग्रेसकै मञ्चमा प्रशिक्षित भएर आज त्यहाँ पुगेका छन् । रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो काँग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ । त्यसैले यसमा पनि हाम्रो कुनै गुनासो छैन, राम्रा कुरा सिकाएरै पठाएका छौँ । म यसभन्दा बढी केही भन्दिनँ ।’

रास्वपाका उपसभापतिदेखि विभिन्न तहमा रहेका नेताहरूको पृष्ठभूमि केलाउँदै थापाले उनीहरू विगतमा काँग्रेसको मञ्चमा ताली बजाएर गएका व्यक्तिहरू भएको बताए । उनले रास्वपाको उदय र त्यहाँ रहेका आफ्ना पूर्वकार्यकर्ताहरूप्रति काँग्रेस सचेत रहेको र यसलाई स्वाभाविक रूपमा लिएको समेत संकेत गरेका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?