Trending
>>   तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली >>   केपी ओली भन्छन्, ‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी… >>   पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा >>   मारवाडी सेवा समितिलाई सर्वोच्चको झट्का, गौशाला धर्मशाला पशुपतिमै फिर्ता >>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित
Logo
२ मंसिर २०८३, बुधबार
२ मंसिर २०८३, बुधबार

तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली


काठमाडौँ। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले नेपाल–चीनबीचको ऐतिहासिक व्यापारिक नाका तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् ।

२०४७ सालको राजनीतिक परिवर्तनपछि विशेषगरी तातोपानी नाकाको विषय ओझेलमा पर्दै गएको बताउँदै अब विशेष पहल गरेर पूर्ववत अवस्थामा फर्काउनुपर्ने बताएका छन् ।चीन सरकारले नाकाहरूमा आधुनिक संरचना निर्माण तथा स्मार्ट सिटी विकासको काम अघि बढाइरहेको भएपनि नेपालतर्फ भने अन्य नाकाहरूको तुलनामा तातोपानीले पर्याप्त प्राथमिकता नपाएको आफूले महशुस गरेको पराजुलीले बताएका छन् ।चीनले यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने तयारी गरिरहँदा नेपालतर्फ खासै प्रगति हुन नसक्नु दुखद भएको उनको भनाई छ ।

आफू अहिले सत्तारूढ दलको सांसद र आफ्नै नेतृत्वको सरकार भएकाले तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन आफ्नो तर्फबाट आवश्यक सबै पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । तातोपानी नाकाको स्थलगत अवस्थाबारे बताउँदै पराजुलीले चीनतर्फ निर्माण भएका संरचनाहरू सुरक्षित र व्यवस्थित देखिए पनि नेपालतर्फ भने सडक अवरुद्ध हुने, पहिरो जाने र बस्ती जोखिममा पर्ने जस्ता समस्या कायम रहेको र अब यसको दीर्घकालिन समस्या समाधानमा लाग्नुपर्ने बताएका छन् ।

सांसद् पराजुलीले भने,‘यो सिन्धुपाल्चोकको तातोपानी नाका मैले आफूले व्यक्तिगत रूपमा अनुभव गर्दा २०४७ सालको राजनीतिक परिवर्तन पछाडि ओझेलमा पर्दै आयो । २०४७ सालको राजनीतिक परिवर्तनपछि ओझेलमै पर्दै आयो र तातोपानीको आवाज त्यो भन्दा पछाडि दबिएको मैले महसुस गरेको छु । त्यो भन्दा अगाडि तातोपानीको आवाज स्पष्ट बलियो थियो, त्यो भन्दा पछाडि बिस्तारै बिस्तारै त्यो आवाजसँग सम्बन्धित भएर त्यसलाई उँचो बनाउने काम कम भएको हाम्रो विश्लेषण यही हो । विगतका सरकारले कुनै न कुनै कारणमा, कुनै न कुनै विषयसँग त्यो सौदाबाजी गरेको कारणले हामी ओझेलमा पर्यौँ । जुन ४७ साल भन्दा अगाडि तातोपानी भनिन्थ्यो, त्यो भन्दा पछाडि चीन सरकारले जे–जे भन्दै जान्छन् ‘खै खै’ भनेर भन्दिने चलन, चिनियाँ भाषामा ‘खै खै’ भन्ने भनिन्छ क्यारे, त्यही भनियो र बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै तातोपानी अब आजको अवस्थामा आइपुग्यो । नत्र त्यो भन्दा अगाडि ४२ सालमा पनि पहिरो गएको थियो, त्यो चीन सरकारले आफैँले प्राथमिकता दिएर यति राम्रोसँग बाटो बनाइदियो,अहिले नाका रोकिएको छ, अब सरकारले विशेष पहल गरेर खुलाउन लाग्नुपर्छ ।’

ऐतिहासिक महत्व बोकेको तातोपानी नाका नेपाल–चीनबीचको सम्बन्ध र व्यापारिक सम्पर्कको महत्वपूर्ण माध्यम भएको बताउँदै उनले यसको नियमित सञ्चालनका लागि कुटनीतिक पहल आवश्यक रहेको पराजुलीले बताएका छन् । उनकाअनुसार नाका प्रभावकारी रूपमा सञ्चालनमा आउन सके नेपालको वैदेशिक व्यापार विस्तार हुनुका साथै व्यापार घाटा न्युनिकरणमा समेत सहयोग पुग्नेछ । तातोपानी नाकाको ऐतिहासिक महत्त्व, स्थानीयको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदानलाई ध्यानमा राख्दै सरकारले पूर्वाधार निर्माण, सडकको स्थायी समाधान र चीनसँगको कुटनीतिक संवादलाई तिब्रता दिनुपर्ने सांसद पराजुलीको भनाई छ ।


प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?