Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री श्रेष्ठ


३ भदाै, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गरे। उनले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताए।

उनले भने, ‘‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निष्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निष्कर्ष सकारात्मक निस्केला र पर्सीसम्ममा सदन खुल्ला कि भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ। सिआईबीले नै यसलाई टुंगोमा पुर्याउनेछ।’’

फरक प्रसंगमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका अध्यात्मिक गुरु धिरेन्द्र शास्त्रीसँग भेट गरेको बताए।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?