Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री श्रेष्ठ


३ भदाै, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गरे। उनले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताए।

उनले भने, ‘‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निष्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निष्कर्ष सकारात्मक निस्केला र पर्सीसम्ममा सदन खुल्ला कि भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ। सिआईबीले नै यसलाई टुंगोमा पुर्याउनेछ।’’

फरक प्रसंगमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका अध्यात्मिक गुरु धिरेन्द्र शास्त्रीसँग भेट गरेको बताए।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?