Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित


काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसको संस्थापन इतर पक्षमाथि लक्षित गर्दै पार्टीभित्र निरन्तर विरोध र असन्तुष्टि जनाउने नेताहरूलाई फकाएर राख्नुभन्दा अलग हुनु नै उपयुक्त हुने टिप्पणी गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले काँग्रेसभित्रको आन्तरिक किचलो र नेतृत्वप्रति गरिने आलोचनाप्रति व्यङ्ग्य गरेका छन् । उनले पार्टीभित्र सधैँ ‘कचकच र गनगन’ गर्ने प्रवृत्तिले समग्र संगठनको ऊर्जा नष्ट गरिरहेको जिकिर गरेका छन् । लामिछानेले आफूले थापालाई राजनीतिक जीवनमा ‘दोस्रो गुन’ लगाएको दाबी गर्दै त्यसलाई मान्ने वा नमान्ने जिम्मा स्वयं थापाकै भएको बताएका छन् ।

उनले भने, ‘कहिलेकाहीँ पार्टीभित्र बसेर निरन्तर कचकच, गनगन र असन्तुष्टि व्यक्त गरिरहने साथीहरूलाई बारम्बार फकाउँदै आफ्नो सम्पूर्ण ऊर्जा खर्च गर्नुभन्दा, आवश्यक परे छोडिदिनु नै उचित हुन्छ । यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण पनि दिएको छु। मान्ने–नमान्ने जिम्मा उहाँकै हो ।’

काँग्रेसको संस्थापन इतर समूहमाथि भइरहेको दबाब र त्यसलाई व्यवस्थापन गर्ने क्रममा नेतृत्वले खर्चनुपर्ने समयप्रति उनले कटाक्ष गरेका हुन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?