Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

देशलाई हानी पुर्याउने सबै प्रकरणको छानबिन गर्नुपर्छ : गगन थापा


३ भदाै, झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

“विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ”, उनले भने । चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले भने, “२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिर्वतनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ ।”

केही दल आगामी आम निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उनले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गरे। महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्नथालेका टिप्पणी गरे । कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने उनले उल्लेख गरे ।

पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको उक्त सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायत नेताले आ–आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?