Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

साताको पहिलो दिन शेयर बजार राताम्मे


३ भदाै, काठमाडाैँ। यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७२ दशमलव ७३ र जीवन बीमा समूहको उपसूचक एक सय ३४ दशमलव ९० अंकले घटेको छ । बैंकिङ समूह तीन दशमलव ६०, विकास बैंक ३५ दशमलव ६०, वित्त ११ दशमलव ०६, होटल तथा पर्यटन एक सय छ दशमलव २६ र जलविद्युत् ५० दशमलव ११ अङ्कले घटेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन ८८ दशमलव ५४, लघुवित्त ३२ दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार ३६ दशमलव ६० र अन्य समूह २३ दशमलव ५७ अङ्कले घटेको छ ।

आजको कारोबारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९० कम्पनीको शेयर मूल्य घटेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ५७ अङ्कले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर-२०८३ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू छ करोड ६३ लाख एक हजार ७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको एक लाख ४९ हजार दुइ सय ४० कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?