Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित


३ भदाै, काठमाडाैँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ ।

संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो । सो बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?