Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

शीर्ष नेताको छलफल सकारात्मक, भोली फेरी बैठक बस्ने


३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिए ।

बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उनले भने, “जे कुरामा छलफल गर्नु थियो, एकदम नजिकै पुग्यौँ । अब एउटा बैठकमा टुङ्ग्याउने गरी सम्भवतः भोलि बस्ने बैठकले टुङ्ग्याउने र बटमलाइन चाहिँ संसद् खुलाउने हिसाबले छलफल भयो ।”

उहाँले बैठकमा प्रमुख प्रतिपक्षीले उच्चस्तरीय छानबिन आयोगको माग राखेको र यस सन्दर्भमा सरकारका तर्फबाट गृहमन्त्रीले १५ दिनको समय माग्नुभएको जानकारी दिए ।

उनले भने, “अर्को समिति बन्नुपर्ने कुरा उठे । भइरहेको अनुसन्धान कुनै पनि ढङ्गले प्रभाव, दबाब नहोस् । गृहमन्त्रीले माग्नुभएको समयमा १५ दिन बाँकी रह्यो । छानबिन समिति बनाउँदा पनि फरक परेन ।”

उनले भोलिको बैठकले यो विषय टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?