Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

शीर्ष नेताको छलफल सकारात्मक, भोली फेरी बैठक बस्ने


३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिए ।

बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उनले भने, “जे कुरामा छलफल गर्नु थियो, एकदम नजिकै पुग्यौँ । अब एउटा बैठकमा टुङ्ग्याउने गरी सम्भवतः भोलि बस्ने बैठकले टुङ्ग्याउने र बटमलाइन चाहिँ संसद् खुलाउने हिसाबले छलफल भयो ।”

उहाँले बैठकमा प्रमुख प्रतिपक्षीले उच्चस्तरीय छानबिन आयोगको माग राखेको र यस सन्दर्भमा सरकारका तर्फबाट गृहमन्त्रीले १५ दिनको समय माग्नुभएको जानकारी दिए ।

उनले भने, “अर्को समिति बन्नुपर्ने कुरा उठे । भइरहेको अनुसन्धान कुनै पनि ढङ्गले प्रभाव, दबाब नहोस् । गृहमन्त्रीले माग्नुभएको समयमा १५ दिन बाँकी रह्यो । छानबिन समिति बनाउँदा पनि फरक परेन ।”

उनले भोलिको बैठकले यो विषय टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?