Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन


राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिक दलहरूले अवलम्बन गरेको ‘निषेधको राजनीति’ ले देशलाई अध्यारो सुरुङतर्फ धकेलेको टिप्पणी गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा जारी नेपाली काँग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था र संविधानमाथि प्रश्न उठाउँदै देशलाई निकास दिन सबै पक्ष समेटिने गरी राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका छन् । लिङदेनले विगत ५ वर्षको राजनीतिक यात्राको समीक्षा गर्दै आम नागरिकमा नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको दाबी गरे । अध्यक्ष लिङदेनले समस्या केवल राजनीतिक पात्रमा मात्र नभएर विद्यमान शासन व्यवस्था र संविधानमा पनि रहेको जिकिर गरेका छन् । उनले संविधानलाई अपरिवर्तनीय गीता वा कुरानका रूपमा नबुझ्न आग्रह गर्दै त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘पाँच वर्षपछि फेरि नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा आइपुग्दा पनि आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णामा अपेक्षित सुधार आएको छैन । देश झन् जटिल राजनीतिक अवस्थातर्फ गइरहेको छ । हिजो गलत कुरा औँल्याउँदा गोली चल्थ्यो, आज सामाजिक सञ्जालमार्फत दबाब र आक्रमण हुन्छ । पात्र फेरिए, तर प्रवृत्ति अझै उस्तै छ । त्यसैले समस्या व्यक्तिमा मात्र होइन, व्यवस्था र संविधानका कमजोरीमा पनि छन् । संविधान कुनै अपरिवर्तनीय ग्रन्थ होइन; समयअनुसार देखिएका कमजोरी सुधार्दै जानुपर्छ । देश बिग्रिँदा कुनै एउटा दल मात्र बिग्रिँदैन, हामी सबै प्रभावित हुन्छौँ । त्यसैले निषेधको राजनीति छोडेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्छ । अब कसैले नहार्ने र सिङ्गो देशले जित्ने राष्ट्रिय सहमति आवश्यक छ । २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, २०६२/६३ को समावेशी लोकतान्त्रिक परिवर्तन र नयाँ पुस्ताले उठाएका आकांक्षालाई संरक्षण गर्दै नयाँ समझदारीका साथ देशलाई अगाडि बढाऔँ ।’

उनले निषेधको राजनीतिले देशलाई बर्बादीको डिलमा पु¥याएको भन्दै सबै राजनीतिक दल, राजतन्त्रवादीदेखि नयाँ पुस्तासम्मलाई एउटै टेबुलमा राखेर राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेका छन् । लिङदेनले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, ०६२/६३ को समावेशी परिवर्तन र पछिल्लो युवा पुस्ताको विद्रोहको भावनालाई जोगाउँदै मुलुकलाई नयाँ दिशामा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?