Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा


संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा

काठमाडौँ।नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय केवल संसदको गणित वा सत्ता–प्रतिपक्षको स्वार्थमा सिमित हुन नहुने बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्दा सबै वर्ग, समुदाय र विगतका आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै राष्ट्रिय अपनत्व कायम गरिनुपर्नेमा जोड दिएका हुन् । उपसभापति शर्माले संविधान कार्यान्वयनको १० वर्ष पुगेको सन्दर्भमा यसको समीक्षा र संशोधन गर्ने सरकारी कदमलाई स्वागत गर्दै सो प्रक्रिया व्यवस्थित र परिपक्व हुनुपर्ने बताएका छन् । शर्माले संविधान सभामा प्रतिनिधित्व गरेका तर हाल संसदमा नरहेका राजनीतिक दलहरूलाई पनि संशोधन प्रक्रियामा सहभागी गराउन सरकारसँग आग्रह गरेका छन् । शर्माले समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्दै अहिलेका युवा पुस्ता (जेन–जी) ले उठाएका विषयहरूलाई समेत संशोधनको दायरामा समेट्न सकिने संकेत गरेका छन् । उनले विगतका मधेस आन्दोलन, थारुहट आन्दोलन, दलित समुदाय, जनजाति तथा कर्णाली जस्ता दुर्गम भूगोलले उठाएका र संविधानमा हाल अङ्कित गरिएका अधिकारहरू कुनै पनि हालतमा कुण्ठित हुन नहुने प्रष्ट पारेका छन् ।

उनले भने, ‘राष्ट्रिय रूपमा गम्भीरतापूर्वक छलफल र चिन्तन गर्नुपर्ने विषय संविधान संशोधन पनि हो । सरकारले संविधान संशोधनलाई व्यवस्थित, परिपक्व र संविधानले परिकल्पना गरेअनुसार अघि बढाउँदै १० वर्षपछिको मूल्याङ्कनका आधारमा प्रक्रिया अगाडि बढाउँछ भने हामी त्यसमा साथ दिन तयार छौँ । तर संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहना वा संसद्को गणितमा मात्र सिमित हुनुहुँदैन । यो समग्र राष्ट्रिय सहमति, अपनत्व र सबै समुदायको भावनालाई समेट्ने विषय बन्नुपर्छ । त्यसैले सरकारले संविधानसभामा सहभागी तर अहिले संसद्मा नरहेका दलहरूलाई समेत समेटेर प्रक्रिया अघि बढाउनुपर्छ । नयाँ पुस्ताले उठाएका मुद्दासँगै मधेस, थारू, आदिवासी जनजाति, दलित तथा कर्णालीलगायत विभिन्न समुदाय र क्षेत्रले विगतमा उठाएका सवालहरूलाई समेत सम्बोधन गर्दै संविधान संशोधन अघि बढाउन सरकार गम्भीर हुनुपर्छ । कुनै समुदायको अधिकार र पहिचानमा असर नपर्ने गरी सबैको भावना समेटेर संविधानलाई अझ प्रभावकारी र सर्वस्वीकार्य बनाउने दिशामा अघि बढ्नुपर्छ ।’

उपसभापति शर्माले सरकारको उक्त कार्यमा काँग्रेसको साथ रहने भएपनि त्यो प्रक्रिया पारदर्शी र सर्वस्वीकार्य हुनुपर्ने अडान राखेका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?