काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी मुख्य सचेतक बासना थापाले विपद् व्यवस्थापन र राहत वितरणमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको टिप्पणी गरेकी छिन् । सिंहदरबारमा सोमवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले विपद् प्रभावित क्षेत्रमा विशेषगरी महिला र बालबालिकाहरूको अवस्था निकै चुनौतीपूर्ण रहेको बताएकी हुन्
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका
काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस नभेटिएको नेपाली सेनाले जनाएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि अन्तिम बिन्दुसम्म इन्जिनियर र ड्रोनसहित खोजी गर्दा पनि मानवीय उपस्थिति नदेखिएपछि खोजी कार्य सम्पन्न गरी उद्धार टोली धुन्चे फर्किएको छ।
काठमाडौँ। रसुवामा आएको पछिल्लो बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै यसको प्रभाव नेपाली सेयर बजारमा समेत देखिएको छ। विशेषगरी जलविद्युत् र निर्जीवन बीमा क्षेत्रमा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको देखिन्छ। सेयर बजारका जानकार शिव चन्द्र (पुरुषोत्तमराज चिमौरिया) का अनुसार प्रभावित जलविद्युत् आयोजनामा उत्पादन अवरुद्ध हुने, मर्मत तथा पुनर्निर्माण खर्च
काठमाडौँ। रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिएका छन् । जैसीकाअनुसार कोल्पुखोला
काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले विगतका विपद्बाट पाठ सिक्न नसक्दा रसुवा बाढीपछि समेत उद्धार तथा राहत व्यवस्थापन प्रणालीमा कमजोरी दोहोरिएको बताएका छन्। आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका विपद्बाट पाठ सिकेर सोहीअनुसार भौतिक विकास निर्माण र विपद् प्रतिकार्यको तयारी गर्नुपर्नेमा त्यस्तो गर्न नसकिएको बताएका छन्
काठमाडौँ। चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् । राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएको छ । लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो । सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ । विभागको प्राविधिक टोलीले सो स्थानको भौगोलिक अवस्था
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् । महासचिव शंकर पोखरेलले
काठमाडौँ। रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ । सेनाको हवाई टोलीले आईतवार अपराह्न ३ बजेसम्म १६ जना विदेशी नागरिकसहित कुल ४०९ जनाको सफल उद्धार गरेको छ । उद्धार गरिएका विदेशी नागरिकहरूमा १५ जना चिनियाँ र १ जना भारतीय रहेका छन् ।