Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु


काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु

काठमाडौँ।नेपाली काँग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलवार राष्ट्रिय सभा गृहमा पार्टी सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकतावद्ध बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन् । उनले आफू पार्टी सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढाउने दाबी गरेका छन् ।राजनीतिमा कुनै पनि नेतृत्व निर्विकल्प नहुने उनको भनाइ छ । उनले नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहले समेत चुनाव हारेको र पूर्वसभापति कृष्णप्रसाद भट्टराई लामो समय सभापति भएपनि निर्विकल्प नभएको उल्लेख गर्दै राजनीतिमा कोही पनि निर्विकल्प हुन नसक्ने बताएका छन् । उनले पार्टी अहिले पनि ठिक ढंगले अगाडि बढ्न नसकेको टिप्पणी पनि गरेका न् । नेतृत्व नयाँ भएर मात्र पार्टी ठिक ढंगले अघि बढ्न नसक्ने भन्दै उनले पार्टी नेतृत्वको कार्यशैली सुधार्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।

उनले भने, ‘सभापति भएपछि पार्टी एक गर्छु । पार्टीलाई मर्यादित र अनुशासित बनाएर लिएर जान्छु । राजनीतिमा नेतृत्व भन्ने कुरा निर्विकल्प हुँदैन । चुनाव जित्दैमा कोही मान्छे निर्विकल्प हुँदैन । गणेशमानजी पनि चुनाव हार्नुभएको हो । किसुनजी त्यत्रो समय सभापति हुनुभयो निर्विकल्प त हुनुहुन्थेन नि । त्यसकारण राजनीतिमा जित र हार हुन्छ । म विशेष महाधिवेशन पक्षधर होइन । त्यसकारण मैले भनिसके सभापति भएपछि पार्टीलाई मर्यादित बनाउँछु, पार्टीमा सहयोग गर्ने मान्छेलाई रहन दिन्नँ । अब मैले चाहेको जस्तो पार्टी चाहिएको भए मलाई जिताउनुप¥यो । जे मन लाग्यो त्यही गर्ने भए मेरो भन्नु केही छैन ।’

उनले पार्टीको वर्तमान नेतृत्वले आफ्नो गृह जिल्लामा महाधिवेशन हुन नदिएको आरोप पनि लगाएका छन् ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?