Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा


नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

मंगलवार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो आग्रह गरेका हुन् । उनले पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न समेत उनले सुझाव दिएका छन् । थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन केन्द्रीय सदस्यका सबै प्रत्यासिलाई आग्रह गरेका छन् । सभापति थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताएका छन् । उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिएका छन् । उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उनको भनाइ छ । उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिएका छन् । उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

उनले भने, ‘मलाई एकदमै चिन्ता लागिरहेको छ । पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्नुभएका धेरैभन्दा धेरै साथिहरुले पदाधिकारीमा मनोयन गरिरहनुभएको छ । यसले गर्दा धेरै साथिहरु बाहिर रहनुहुन्छ कि भन्ने चिन्ता लागिरहेको छ । त्यसकारण मैले धेरै जनालाई अनुरोध पनि गरिरहेको छु । सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो । हामी सबैलाई मिलाएर लिएर जान चाहान्छु । त्यसकारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ । मैले साथिहरुको अधिकार खोस्न सक्दिनँ तर अनुरोध गरिरहेको छु । पार्टी एकजनाले चलाएर चल्दैन सबैको योगदान चाहिन्छ भनेर मैले अनुरोध गरिरहेको छु । अर्को कुरा, भोलिको दिनमा कसैलाई स्थानीय तहमा मेयर, उपमेयर, प्रदेश सांसद हुने मन छ भने कृपया केन्द्रीय सदस्यको लागि प्रतिस्पर्धा नगरिदिनुहोला । त्यसले तपाईको देशभित्रको कुनै पनि सम्भावना रहँदैन । यदि निर्वाचन हुनुभयो र भोलिको दिनमा आफूलाई प्रमाणित गर्न सक्नुभएन भने त्यसले पनि अफ्ठ्यारो हुन्छ । हामीले जिल्ला र पालिकालाई पनि अधिकार सम्पन्न बनाएका छौँ, भोलिको दिनमा प्रदेश र जिल्लामा बसेर पनि काम गर्नुपर्ने अवस्था भएको कारण भोलिसम्मको समय छ, सबै साथिहरुलाई आफ्नो मनोनयनको बारेमा विचार गरिदिनुहोला । हिजो विशेष महाधिवेशनमा सहभागि नहुनुभएका साथिहरुको लागि पनि ग्राउण्ड बराबर छ भन्ने अनुभूति दिलाउनको लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको हो । विशेष महाधिवेशनमा भाग नलिएका साथिहरुले भोलिको दिनमा तपाईंहरुले कार्यालय चलाउनुभयो, प्रतिस्पर्धा विशेषभन्दा अघिको जस्तो हुनसक्दैन भन्ने अवस्था नरहोस् भन्नको लागि पनि मैले यो पोजिसन लिएको हो । यही समस्याको कारण मैले क्रियाशील अद्यावधिकको कुरा जोडेको हो । पार्टीमा विवाद नरहोस् भन्ने नै मुख्य कुरा हो ।’

उनले महाधिवेशनपछि समेत पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताएका छन् ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?